५ माघ २०८१ शनिबार
image/svg+xml

दुम्कीबास–त्रिवेणी सडकले प्रदेश विकासको ढोका खुल्छः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुम्कीवास–त्रिवेणी सडक खण्ड खुलेपछि गण्डकी प्रदेशको आर्थिक विकासको ढोका खुल्ने बताएका छन्।

भेरी पुलसहित रिम्ना–तल्लुबगर सडक स्तरोन्नतिका लागि बजेट स्वीकृत

जाजरकोट–डोल्पा सडकखण्डको रिम्नादेखि तल्लुबगरसम्मको सडकको स्तरोन्नति गर्न बजेट स्वीकृत भएको छ।

कोटेश्वर–जडीबुटी सडक विस्तार सम्पन्न

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख निउरेले कोभिड १९ को दोस्रो लहर र निर्माण सामग्री अभावले तोकिएको समयमा कोटेश्वर–जडीबुटी सडक विस्तार हुन नसकेको स्वीकारे। ‘यही खण्डमा एउटा घर हटाउन सकिएको छैन,’ उनले भने, ‘विभिन्न सरकारी निकायसँग समन्वयको काम भइरहेको छ।’

दालगाउँमा मोटर पुग्दा स्थानीय हर्षित

आयोजना प्रभावित क्षेत्रभित्र बसोबास गर्ने बासिन्दालाई सडक मार्गको सुविधा पुर्‍याई उनीहरूको जीवनमा सुधार ल्याउने उद्देश्यले पाँच किलोमिटर सडक निर्माणमा गरिएको जनाइएको छ।

हुलाकी सडक निर्माणमा दुई वर्षदेखि भारतको अवरोध

कञ्चनपुर बेलौरि नगरपालिका वडा नं ८ पचुँइमा एक हजार छ सय मिटर जमिनलाई आफ्नो भन्दै भारत पक्षले दुई वर्षदेखि हुलाकी सडक निर्माण गर्न दिएको छैन। भारतीय प्रहरी एसएसबीले नेपालको जमिन आफ्नो दाबी गर्दै सडक निर्माण गर्न नदिएको हो।

सुनसरीको दुहवीमा बल प्रयोग गरेर घर-टहरा हटाइदैँ

६ लेन सडक विस्तारका क्रममा विराटनगर-धरान सडक खण्ड निर्माण अन्तर्गत सुनसरीको दुहवी बजारको मुख्य भागदेखि उत्तर र दक्षिणतर्फ बल प्रयोग गरेर घर–टहरा भत्काउन थालिएको छ।

बेनीमा यातायात व्यवस्थापन गर्न वैकल्पिक सडक

बेनी नगरपालिका–७ र ८ मा पर्ने बेनीलाई नदी कटानबाट जोगाउन कालीगण्डकी र म्याग्दी नदीको किनारमा तटबन्ध निर्माण भएपछि बनेको खाली भागमा सडक बनाएर यातायातका साधन सञ्चालन गर्न थालिएको हो।

भरतपुरमा उज्यालो सहर अभियान

भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको संयुक्त साझेदारीमा काम थालिएको हो।

लक्ष्यअनुसार कहिल्यै बन्दैनन् पुल

महाशाखाले चालु आर्थिक वर्षमा २ सय ५० पुल निर्माण गर्ने लक्ष्य राखेको थियो। तर आधा वर्षमा करिब २० प्रतिशत मात्रै पुल तयार भएका छन्। बर्खा र कोभिड १९ ले चालु आवको ६ महिनामा पुल निर्माण कार्य उत्साहजनक नभएको अधिकारीहरूको भनाइ छ।

दक्षिण अफगानिस्तानमा सडक दुर्घटनामा ८ जना घाइते

दक्षिणी हेलमान्ड प्रान्तमा विपरीत दिशाबाट आउँदै गरेको अर्को कारसँग कार ठोक्किँदा आठ यात्रु घाइते भएको सरकारी समाचार संस्था बख्तरले मंगलबार जनाएको छ।

मध्यपहाडी सडक निर्माण कछुवा गतिमा

अहिलेसम्म ११ सय ४७ किलोमिटर मात्रै कालोपत्रे भएको छ। अब ७ सय ३२ किलोमिटर कालोपत्रे गरेमात्रै लक्ष्य हासिल हुन्छ। यही आयोजना मातहत पर्ने २ सय ३६ किलोमिटर सडक र २५ वटा पुलको ठेक्का समेत लागेको छैन। तोकिएको समयमा निर्माण नहुँदा यो आयोजना एक दशकदेखि अलपत्र छ।

पाथीभरा जाने सडक कालोपत्र हुने

दुई वर्षभित्र सुकेटारदेखि पाथीभरा क्षेत्रको काफ्ले पाटीसम्म कालोपत्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको पनि सबइन्जिनियर लिम्बूले बताए। पाथीभरा जाने सडकअन्तर्गत सदरमुकाम फुङ्लिङदेखि सुकेटार विमानस्थलसम्म आठ किलोमिटर दूरी भने विगतमै कालोपत्र बनेको छ।

गैंडाको मृत्यु प्रकरणः व्यवसायीलाई कारबाहीबारे महासंघको आपत्ति

इन्डो–सगुन जेभी निर्माण कम्पनीबाट नाली निर्माणको क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नियमविपरीत हुने कुनै पनि काम कारबाही नभएको र निर्माण सम्झौताबमोजिम नै निर्माण कम्पनीले अनुसरण गर्नुपर्ने सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाइएको महासंघले जनाएको छ।

मुग्लिङ पोखरा सडक विस्तारः तनहुँ खण्डमा धमाधम रुख कटान

सो सडक विस्तार योजनालाई दुई खण्डमा विभाजन गरेर अगाडी बढाइएको छ। जामुनेदेखि आँबुखैरेनीसम्म र जामुनेदेखि पोखरासम्म खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ।

सिद्धबाबामा सुरुङमार्गः आठ महिना बित्यो, ठेकेदार छानिएन

सहभागी भएका ९ वटा कम्पनीमध्ये ४ वटा चिनियाँ कम्पनी प्राविधिक प्रस्तावमा छनोट भएका थिए। छनोट भएका कम्पनी फस्र्ट हाइवे इन्जिनियरिङ कर्पाेरेसन, सिओभिइसी–सिआरइजिसी जेभी, चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पाेरेसन र सिसिइसिसी–सिआरसिसी १४–सियुयान जेभी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्