६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

तरकारी तथा फलफूलको उत्पादकत्व झण्डै २२ प्रतिशतले बढ्यो

विगत तीन बर्षको अवधिमा फलफूल तथा तरकारी मूल्य शृङखला विकास आयोजना (VCDP) ले कार्यक्रम सञ्चालन गरेका दुई प्रदेशका ३७ पालिकामा उत्पादकत्व २१ दशमलव १३ प्रतिशतले वृद्धि भएको हो।

तीन महिनामा ३ अर्बभन्दा धेरैको फलफूल आयात

सरकारी निकायले पनि यसमा विशेष ध्यान दिन नसक्दा स्याउमा मुलुक आत्मनिर्भर बन्न सकेको छैन। देशभित्रै अर्बौं मूल्य बराबरको स्याउ फलाउने र विदेशसमेत बिक्री गर्न सकिने अपार सम्भावना रहेको भए पनि तारतम्य भने मिल्न सकेको छैन।

एघार महिनामा नेपालीले खाए १६ अर्बको फलफूल

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आवका ११ महिनामा १६ अर्ब रुपैयाँ बढीको कृषि तथा फलफूल आयात भएको पाइएको छ। मुलुकका दुई तिहाइभन्दा बढी जनता कृषिमा आश्रित रहेका र कूल गार्हस्थ्य उत्पादन (जिडिपी)मा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा समेत फलफूको आयातमा अर्बौं रकम बाहिरिरहेको छ।

सात महिनामा करिब सात अर्बको फलफूल आयात

चालु आर्थिक वर्षको पहिलो सात महिनामा फलफूलको आयात अकासिएको छ। सो अवधिमा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६ मूल्य बराबरका आँप, सुन्तला, कागती, अंगुर र स्याउ आयात भएको हो।

एउटै गाउँबाट डेढ करोडको सुन्तला

म्याग्दी जिल्लाको समुन्द्री सतहबाट १ हजार २ सय मिटरदेखि १ हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुने कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए। पछिल्लो समय विदेश गएर फर्किएका युवाहरू कृषक समूहहरू निर्माण गरी व्यावसायिक कृषि, फलफूलतर्फ आकर्षित हुँदै गएकाले उत्पादन बढेको अधिकृत पाण्डेको भनाइ छ।

विषादीरहित भान्छा

काठमाडौँ उपत्यकाका किसानले तरकारीलाई रोग/कीराबाट जोगाउन विषादी हाल्दै आएबाट उपभोक्ताले कसरी सजिलै विषादी सेवन गरिरहेका छन् भन्ने देखिन्छ।

तराईका ग्राहकको पहिलो रोजाइ पहाडी फलफूल

सहजपुर बजारमा कृषि उपजको राम्रो व्यापार हुन थालेपछि आसपासका किसानले पनि व्यवसायिक तरकारी खेती गर्न थालेका छन्।

फलफूलका बिरुवा वितरण

फलफूल दशक कार्यक्रमअन्तर्गत फलफूल बिरुवा रोपण तथा फलफूल खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको हो।

विदेशबाट फर्किएका युवा लागे फलफूल खेतीमा

डिभिजन वन कार्यालय खोटाङले निःशुल्क बेर्ना उपलव्ध गराएपछि मवेन्द्रले जेठो दाजु प्रताप, माईली भाउजु भगवती राईसँग मिलेर तीन वर्षदेखि बाँझिएको करिब १७ रोपनी बारीमा कागतीका विरुवा लगाएका छन्। केसीराजले भने धान रोपाई हुँदै आएको खेतमै कागती लगाएका छन्।

एक करोड बढीका हिउँदे फलफूलका बिरुवा बिक्री

सुख्खा फलफूल विकास केन्द्र सतबाँझको नर्सरी र निजी नर्सरीहरुबाट यो वर्ष बैतडीमा करिब एक करोड रुपैयाँ बराबरको हिउँदे फलफूलका बिरुवा बिक्री भएका छन्। हिउँदे फलफूलका बिरुवा बिक्री गरेर सुख्खा फलफूल विकास केन्द्रले २८ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

लगानी अभावमा सात वर्षदेखि अलपत्र

सिन्धुलीमा निर्माणधीन फलफूल प्रशोधन उद्योग अलपत्र परेको छ। करिब सात वर्षअघि निर्माण सुरु भएको उक्त उद्योग लगानी अभावमा अलपत्र परेको छ। कमलामाई नगरपालिका–४ मा निर्माणाधीन उक्त उद्योग दाताले हात झिकेपछि अलपत्र अवस्थामा पुगेको स्थानीयको भनाइ छ।

विषादी परीक्षणको बेथिति

भारतबाट आयात गरिने तरकारी तथा फलफूलको विषादी परीक्षण केवल औपचारिकतामा सीमित देखिएको छ। रुपन्देहीको बेलहिया नाकाबाट भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण गरिएपनि त्यो औपचारिकताका लागि मात्रै हुने गरेको छ।

एक फलफूलको बोट : रु दशको नोट

चितवनको एक मात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रति बिरुवा दश रुपैयाँ दिने भएको छ। गाउँपालिकाले यस आर्थिक वर्ष २०७६÷७७ देखि किसानले हुर्काएको फलफूलको प्रति बिरुवा रु दश रुपैयाँ दिने भएको हो।

साेचेजति छैन तरकारीमा विषादी

तरकारीमा विषादी प्रयोगको हल्ला जति छ त्यत्तिकै मात्रामा भान्सामा विषादी पुग्छ भन्ने बुझ्नु कमजोरी हुन्छ। मुलुकको ठूलो कृषि उपज बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा विषादी अवशेष द्रुत विश्लेषण (आरपिबिआर) ल्याबमार्फत दैनिक गरिने नमुना परीक्षणले तरकारी उत्पादन गर्दा विषादी प्रयोग गरिए पनि भान्सामा पुग्ने बेला त्यसको अवशेष न्यून रहने देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्