coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

एक करोड बढीका हिउँदे फलफूलका बिरुवा बिक्री

सुख्खा फलफूल विकास केन्द्र सतबाँझको नर्सरी र निजी नर्सरीहरुबाट यो वर्ष बैतडीमा करिब एक करोड रुपैयाँ बराबरको हिउँदे फलफूलका बिरुवा बिक्री भएका छन्। हिउँदे फलफूलका बिरुवा बिक्री गरेर सुख्खा फलफूल विकास केन्द्रले २८ लाख ६२ हजार  रुपैयाँ राजस्व संकलन गरेको छ।

निजी नर्सरीबाटै फलफूलका बिरुवा बिक्री गरेर वार्षिक ५ लाख बढी आम्दानी हुने गरेको मायाप्रकाश निजी नर्सरीका सञ्चालक देवदत्त भट्टले बताए। फलफूल विकास केन्द्र सतबाँझ वरपर रहेका नर्सरीबाट देशका विभिन्न जिल्लामा हिउँदे फलफूल बिरुवा बिक्री हुने गरेका छन्। तर यो वर्ष भने अरु वर्षको तुलनामा कम आम्दानी भएको किसानहरुले बताएका छन्। यो वर्ष ओखर, नासपाती र अनारका बिरुवा कम बिक्री भएका छन्।

जिल्लाको दशरथचन्द नगरपालिका–१ र सुर्नया गाउँपालिका–२ मा गरी २३ भन्दा बढी निजी नर्सरी रहेका छन्। निजी नर्सरीबाट उत्पादित फलफूलका बिरुवा किसानका लागि गतिलो आम्दानीको श्रोत समेत बनेको छ। यहाँका निजी नर्सरीमा उत्पादन भएका फलफूलका बिरुवा देशका विभिन्न ठाउँमा बिक्री हुने गरेको फलफूल विकास केन्द्र सतबाँझका प्रमुख डम्मरसिंह भाटले बताए।

प्रकाशित: १७ चैत्र २०७७ ०८:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App