२२ असार २०८१ शनिबार
image/svg+xml

फार्मेसी नपढेकाले बेच्छन् औषधि

औषधि ऐन २०३५ लाई अटेर गर्दै साझा स्वास्थ्य सेवाको धनगढी शाखाले औषधि बिक्री कक्षमा अप्राविधिकबाट औषधि बेचबिखन गरिरहेको हो। सुदूरपश्चिमकै रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालको गेटै अगाडि खोलिएको साझा स्वास्थ्य सेवाको बिक्री कक्षमा ४ वर्षदेखि अप्राविधिक (नन फार्मेसी) ले औषधि बिक्री वितरण गर्दै आएका हुन्।

सुदूरपश्चिममा दुईको मृत्यु

मृत्यु हुनेमा बझाङ सुर्मा गाउँपालिका–४ का ५५ वर्षीय र सोही गाउँपालिका–२ का ४० वर्षीय पुरुष रहेको उनले बताए।

डाक्टरमाथि कालो मोसो दल्नेहरू समातिए

जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त समुहका मुख्य व्यक्तिसँगै केही युवाहरूलाई नियन्त्रणमा लिइएको छ। प्रहरीले घटना भएको चार दिनपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो।

मन्त्री आलेद्वारा अस्पताललाई ५० अक्सिजन सिलिण्डर प्रदान

वन तथा वातावरण मन्त्री प्रेम आलेले सेती प्रादेशिक अस्पताललाई मंगलबार ५० वटा अक्सिजन सिलिण्डर प्रदान गरेका छन् । कोराेनाको दोश्रो लहरको नयाँ भेरियन्टको संक्रमणले जटिल प्रकृतिका संक्रमितको चाप बढेर अक्सिजनको अभाव भएका बेला मन्त्री आलेले अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराएका हुन् ।

सेती अस्पतालमा थप चार जनाको मृत्यु

कोराेनाको नयाँ भेरियन्टको संक्रमणले सेती प्रादेशिक अस्पतालमा चार जनाको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको कैलारी गाउँपालिका ६ का २४ वर्षीया महिला, गोदावरी नगरपालिका ४ का ५० वर्षीय पुरुष, गोदावरी नगरपालिका २ का ६५ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिका ६ का ६५ वर्षीया महिलाको मृत्यु भएको छ ।

सेती अस्पतालमा ८ जना संक्रमितको मृत्यु

सुदूरपश्चिममा दोश्रो लहरको कोराेनाको नयाँ भेरियन्टको संक्रमणले सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ ।

जोखिममा बिरामी, सरकार रमिते

तीन तहका सरकार रमिते बनेपछि उपचारमा खटिनुपर्ने चिकित्सक नै अक्सिजन जुटाउन दगुर्नु परेको चिकित्सक बताउँछन्। लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल धागो कारखानाको कोभिड विशेष अस्पतालका लागि अहिले दैनिक ६ सय सिलिण्डर अक्सिजन आवश्यक पर्छ।

कोराेनाबाट सेती अस्पतालमा ६ जनाको मृत्यु

सुदूरपश्चिममा नयाँ भेरियन्टसहितकाे कोराेना भाइरसको संक्रमणले सेती प्रादेशिक अस्पतालमा ६ जनाको मृत्यु भएको छ।

मेसिन खरिद प्रकृया सुरु भएन

सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अझै सुरु हुन सकेको छैन । अस्पतालले आन्तरिक किचलोका कारण मेसिन खरिदका लागी हाल सम्म टेन्डर समेत गर्न सकेको छैन । प्रादेशिक अस्पतालको मेसिन खरिदका लागी गत आर्थिक वर्ष २०७६/०७७ साढे ८ करोड रकम विनियोजन भएको थियो । तर खरिद प्रकृया सुरु नहुँदा उक्त रकम फ्रिज भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा एकको मृत्यु

बुटवलको लुम्बिनी प्रादेसिक अस्पतालको आइसोलेसनमा उपचारत गुल्मीका एक जना पुरुषको आज मृत्यु भएको छ । गुल्मीको धुर्कोट गाँउपालिका वडा नं. ४का ४२ वर्षे ती पुरुषलाई शनिबार बिहान प्रादेशिक अस्पताल ल्याइएको थियो । जेठ २४ गते भारतको मुम्बईबाट फर्केका उनी धुर्कोट ४ को फुलबारी प्राविको क्वारेन्टिनमा बसेका थिए ।

संक्रमित गाउँ पुगेपछि त्रास

सेती प्रादेशिक अस्पतालमा भर्ना भएका ६ जना संक्रमितलाई निको नहुँदै यही जेठ २३ गते डिस्र्चाज गरियो । घर पठाउने कुनै व्यवस्था र समन्वय नगरी अस्पतालको आइसोलेसनबाट डिस्चार्ज गरिएपछि झरी परिरहेको धनगढीको सडकमा बैतडी र अछाम घर भएका उनीहरु अलपत्र परे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्