coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सुदूरपश्चिममा दुईको मृत्यु

सुदूरपश्चिममा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा भर्ना भएका दुई जना संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाए। 

मृत्यु हुनेमा बझाङ सुर्मा गाउँपालिका–४ का ५५ वर्षीय र सोही गाउँपालिका–२ का ४० वर्षीय पुरुष रहेको उनले बताए।

५५ वर्षीय पुरुष गत भदौ २४ गते र ४० वर्षीय पुरुष भदौ २१ गते प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। पछिल्लो दिनमा अस्पतालमा कोरोना संक्रमणका जटिल प्रकृतीका बिरामी आउन थालेको बताइएको छ। 

अस्पतालमा अहिले ९ जना गम्भीर प्रकृती भएका संक्रमित भर्ना भएका छन्। सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घन्टामा १ सय ६२ को परीक्षण गर्दा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित: ५ आश्विन २०७८ ०१:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App