१७ असार २०८१ सोमबार
image/svg+xml

कटारी नगर अस्पतालले पायो प्रादेशिक अस्पतालको मान्यता

उदयपुरको कटारीमा सञ्चालित नगर अस्पताललाई ५० बेडमा स्तरोन्नति गर्दै ‘प्रादेशिक अस्पताल’ को मान्यता दिने निर्णय भएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल नेपालकै उत्कृष्ट

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालकै उत्कृष्ट भएको छ।

बेलायतले मातृ, शिशु स्वास्थ्य तथा बालबालिकाको पोषण कार्यक्रममा सहयोग गर्ने

सोमवार अस्पतालको अवलोकन गर्दै मन्त्री मिचेलले विशेषगरी अस्पतालको मातृ स्वास्थ्य, शिशु स्वास्थ्य तथा बालबालिकाको पोषण कार्यक्रमका बारेमा चासो व्यक्त गर्दै सहयोग वृद्धि गर्ने प्रतिबद्धता गरे।

लुम्बिनी प्रादेशिक अस्पतालमा एनजीओग्राम सेवा

लुम्बिनी प्रादेशिक अस्पतालले एनजीओग्राम सेवा सुरु गरेको छ। उक्त सेवा सञ्चालन भएपछि लुम्बिनी प्रदेश र आसपासका जनता लाभान्वित भएका छन्।

सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सेती प्रादेशिक अस्पताललाई एक करोड २५ लाख रुपैयाँको अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ।

कुहिरोले घेरेको तराई (तस्बिरसहित)

तराईमा पछिल्लो केहि दिनदेखि बढेको जाडोका कारण जनजीवन प्रभावित बनेको छ। पछिल्लो ३ दिनदेखि तराईका अधिकांश क्षेत्रमा शितलहर सुरु भएको हो।

नागरिककर्मी बमलाई पितृशोक

नागरिककर्मी अरूण बमका पिता पदमसिंह बमको निधन भएको छ।नेपाली कांग्रेसका नेतासमेत रहेका बम केही समयदेखि अस्वस्थ थिए। उनको ७६ वर्षको उमेरमा बिहीबार राति सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

प्रादेशिक अस्पताललाई नगरपालिकाले दियो मच्छर मार्ने मेसिन

गौर नगरपालिकाले प्रादेशिक अस्पताल गौरलाई मच्छर मार्ने मेसिनउपलब्ध गराएको छ । गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले प्रादेशिक अस्पताल गौरलाई मच्छर मार्ने मेसिन उपलब्ध गराएका हुन्।

महँगा स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्किए

लुम्बिनी प्रादेशिक अस्पतालले विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ। यस अस्पतालमा बहिरंग (ओपिडी) विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ। तर यहाँ दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउँछन्।

छुरा प्रहारबाट रौतहटमा एक युवकको हत्या

आपसी विवादका कारण छुरा प्रहारबाट रौतहटमा एक युवकको हत्या भएको छ। रौतहटको कटहरिया नगरपालिका ५ मा साना साना बालबालिकाहरू खेल्ने विषयमा भएको विवादले झगडाको रुप लिएको थियो। शुक्रवार राति झगडाको क्रममा मारपिट भएपछि विपक्षीको छुरा प्रहारबाट २५ वर्षीय सुनिल राय यादवको मृत्यु भएको छ।

सुरक्षित मातृत्व कार्यक्रमः निःशुल्क जाँचदेखि शल्यक्रियासम्मको सेवा

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत उक्त कार्यक्रम करिब १५ वर्षदेखि अस्पतालमा सञ्चालन हुँदै आएको छ।

मधेश प्रदेश सभा सदस्य विन्दुकुमारी यादवको निधन

जनता समाजवादी पार्टी, नेपालकी मधेश प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएको छ।

लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल बन्दै

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटामा २१ करोड लागतको लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माणको काम सुरु भएको छ। ठेक्का लागेका १३ महिना पछि बुधवार देखि बिधिवत रुपमा अस्पताल भवनको निर्माण कार्य सुरु भएको हो। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले बिधिवत रुपमा पूजापाठ गरी जगमा इँटा राखेर भवन निर्माणको शिलान्यास गरेका हुन।

महाकाली अस्पतालमा डायलासिस सेवा चाँडै

स्वास्थ्य सेवा विभागको टोलीले कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालको डायलासिस सेवाको निरीक्षण गरेको छ।

महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्