१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

नागरिककर्मी बमलाई पितृशोक

नागरिककर्मी अरूण बमका पिता पदमसिंह बमको निधन भएको छ।नेपाली कांग्रेसका नेतासमेत रहेका बम केही समयदेखि अस्वस्थ थिए। उनको ७६ वर्षको उमेरमा बिहीबार राति सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

कांग्रेस डोटीका पूर्व कार्यवाहक सभापति रहिसकेका बमको शुक्रबार धनगढी मोहना त्रिवेणी घाटमा अन्त्येष्टि गरिएको छ। नेता बमको निधनप्रति कांग्रेसले शोक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको छ। साथै सभापति शेरबहादुर देउवाले बम लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा भएको स्मरण गर्दै द्वन्द्वकालको प्रतिकूल अवस्थामा पनि आफ्नो जीवनभन्दा पार्टी र जनतालाई बढी महत्व दिएर डोटीमा अबिचलित रूपमा जनसेवामा समर्पित भएको स्मरण गरेका छन्। ‘स्वर्गीय बमले पार्टी र लोकतान्त्रिक आन्दोलनहरूमा पुर्‍याउनु भएको योगदान पार्टीमा सदैव स्मरणीय रहनेछ,’ देउवाले भनेका छन्।  

स्वर्गीय बमकी धर्मपत्नी खिमादेवी बमको १६ वर्षअघि नै निधन भइसकेको छ। साथै उनका छोराहरू नागरिककर्मी अरूणका साथै कांग्रेस डोटी ‘ख’का उपसभापति शेरबहादुर बम, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मिन बम, भरत बम, गोकुल बमका साथै छोरी बसुन्धरा मल्ल, कृष्णा बम र लक्ष्मी देउवा छन्।

प्रकाशित: २३ मंसिर २०८० ०१:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App