२५ असार २०८१ मंगलबार
image/svg+xml

नागरिककर्मी बमलाई पितृशोक

नागरिककर्मी अरूण बमका पिता पदमसिंह बमको निधन भएको छ।नेपाली कांग्रेसका नेतासमेत रहेका बम केही समयदेखि अस्वस्थ थिए। उनको ७६ वर्षको उमेरमा बिहीबार राति सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

एकीकृत समाजवादीका उपमहासचिव तुलाधरलाई पितृशोक

नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा बागमती प्रदेश कमिटी इन्चार्ज डा गङ्गालाल तुलाधरका पिता रामबहादुर तुलाधरको पाटन अस्पातलमा उपचारका क्रममा ९७ वर्षका उमेरमा निधन भएको छ।

पर्यटनमन्त्री किरातीलाई पितृशोक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । उनका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको मन्त्री किरातीको सचिवालयले जनाएको छ ।

कांग्रेस नेता जोशीलाई पितृशोक

कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमनन्त्री नविन्द्रराज जोशीलाई पितृशोक परेको छ। जोशीका ८३ वर्षिय पिता गजेन्द्रराज जोशीको शुक्रबार निधन भएको हो।

कांग्रेस केन्द्रीय सदस्य कार्कीलाई पितृशोक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलाई पितृशोक परेको छ। कार्कीका पिता ८६ वर्षीय कृष्ण्मोहन कार्कीको बिहीबार दिउँसो केहीबेर निधन भएको हो।

रिपब्लिकाकर्मी कोइरालालाई पितृशोक

रिपब्लिका दैनिक राजनीतिक ब्युरो प्रमुख कोषराज कोइरालालाई पितृशोक परेको छ। उनका पिता खिलनाथ कोइरालाको ६९ वर्षको उमेरमा सोमबार निधन भएको हो।

मन्त्री पाण्डेलाई पितृशोक

भूमिसुधार तथा व्यवस्थामन्त्री बिक्रमबहादुर पाण्डेका पिता चन्द्रराज पाण्डेको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ। उच्च रक्तचाप र मधुमेहरोगबाट पीडित पाण्डेको बूढानीलकण्ठस्थित आफ्नै निवासमा बिहान करिब ५ बजे निधन भएको उहाँको परिवारले जनाएको छ।

अर्थ सचिव सुवेदीलाई पितृशोक

अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदीलाई पितृशोक परेको छ। सचिव सुवेदीका बुबा लोकमणि सुवेदीको ७७ वर्षको उमेरमा बिहीबार निधन भएको हो।

डा.पोखरेललाई पितृशोक

काठमाडौं—राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोविन्दराज पोखरेललाई पितृशोक परेको छ। उनका पिता विष्णुप्रसादको ८९ वर्षको उमेरमा मंगलबार निधन भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्