२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

सत्तासमीकरण परिवर्तनलाई लिएर कोही आत्तिनुपर्दैनः डा. कोइराला

फाइल।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले सत्तासमीकरण परिवर्तनलाई लिएर कोही पनि आत्तिन नपर्ने बताएका छन्।

नेपाल प्रेस युनियन सुनसरीले आज इटहरी उपमहानगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सत्तासमीकरण परिवर्तनपछि केही नेता र पार्टी आत्तिएको उल्लेख गर्दै नआत्तीन आग्रह गरे।

प्रतिनिधिसभा सांसद डा कोइरालाले सत्तासमीकरण बदलिएपछि विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आत्तिएको र त्यसैकारण लामिछानेले मङ्गलबार गलत प्रतिक्रिया दिएको उल्लेख गरे।

कांग्रेस–एमालेबीच समीकरण बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिन आलटाल गर्नु राम्रो नभएको उनको बुझाइ छ।

दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर बन्ने आशङ्का व्यक्त भइरहेको भन्दै उनले दुई पार्टीले राम्रो काम गरेर यस्ता आशङ्का चिर्नुपर्नेमा जोड दिए। 

प्रकाशित: १९ असार २०८१ २०:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App