२४ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल नेपालकै उत्कृष्ट

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै उत्कृष्ट भएको छ। सेकेन्डरी बी लेभल अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा यो अस्पताल नेपालमै प्रथम हुन सफल भएको हो।

न्यूनतम मापदण्ड मूल्याङ्कनमा अस्पतालले यो वर्ष ८८ प्रतिशत अंक प्राप्त गरेर प्रथम भएको स्वास्थ्य निर्देशनालय न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन समितिले जनाएको छ। यसअघि पनि लगातार दुईपटक यो अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा प्रथम हुन सफल भएको थियो।

पोहोर ८० प्रतिशत पाएको अस्पतालले यसपालि ८८ अंक प्राप्त गरी प्रथम भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले जानकारी दिए। डा. थापाले अस्पतालको मूल्याङ्कन  नतिजाले अस्पतालका सेवा सुविधालाई अझ परिस्कृत गर्दै उत्कृष्ट बनाउन थप हौसला मिलेको पनि बताए।

अस्पतालको सर्वेक्षणपश्चात् लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार र बुधबार बुटवलमा आयोजना गरिएको मूल्याङ्कन तथा समीक्षा गोष्ठीमा अस्पताल प्रथम भएको जानकारी गराइएको डा. थापाले बताए।

मूल्याङ्कन समितिमा स्वास्थ्य तथा जनसंख्य मन्त्रालय काठमाडौं, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय दाङ र निक सिमोन्स इन्स्टिच्युट काठमाडौं रहेको थियो।

यो अस्पतालमा रुपन्देहीसँगै नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजा, प्युठान, बाग्लुङलगायतका जिल्लाबाट उपचारका लागि सर्वसाधारण आउने गर्छन्।

प्रकाशित: १० फाल्गुन २०८० ०७:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App