२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

छुरा प्रहारबाट रौतहटमा एक युवकको हत्या

आपसी विवादका कारण छुरा प्रहारबाट रौतहटमा एक युवकको हत्या भएको छ। रौतहटको कटहरिया नगरपालिका ५ मा साना साना बालबालिकाहरू खेल्ने विषयमा भएको विवादले झगडाको रुप लिएको थियो। शुक्रवार राति झगडाको क्रममा मारपिट भएपछि विपक्षीको छुरा प्रहारबाट २५ वर्षीय सुनिल राय यादवको मृत्यु भएको छ।

बालबालिकाको विषयलाई लिएर भएको झगडामा ठुला मानिसहरूले विवाद गर्न थालेपछि अप्रिय घटना हुन गएको स्थानीयको भनाइ छ। घटनामा संलग्न रहेको भन्दै प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ। प्रहरीले कटहरिया नगरपालिका ५ का २५ वर्षीय बद्री साह सोना र २३ वर्षीय किसन साह र थप तिन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यादवलाई छुरा प्रहार भएपछि उपचारको लागि कटहरिया स्वास्थ्य केन्द्रमा लगिएको थियो। स्वास्थ्य केन्द्रमा लैजाँदा यादवको मृत्यु भइसकेको घोषणा चिकित्सकले गरेका थिए। यादवको कोखामा छुरा प्रहार भएको थियो।

यादवको शवलाई प्रादेशिक अस्पताल गौरमा पठाइएको छ। पोस्टमार्टमपछि शव परिवारजनलाई जिम्मा दिइने जिल्ला प्रहरी कार्यालय रौतहटले बताएको छ।घटनापछि कटहरियामा प्रहरी परिचालन गरिएको र थप कुनै विवाद नभएको प्रहरीको भनाइ छ।

प्रकाशित: ३० भाद्र २०८० ०९:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App