२२ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

प्रादेशिक अस्पताललाई नगरपालिकाले दियो मच्छर मार्ने मेसिन

गौर नगरपालिकाले प्रादेशिक अस्पताल गौरलाई मच्छर मार्ने मेसिनउपलब्ध गराएको छ । गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले प्रादेशिक अस्पताल गौरलाई मच्छर मार्ने मेसिन उपलब्ध गराएका हुन्।

अस्पतालमा मच्छरले निकै सताउन थालेपछि भर्ना भएका बिरामीका साथै कुरुवालाई सुरक्षित रुपमा राख्न नगर प्रमुख साहले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णा साहलाई मच्छर मार्ने मेसिन आइतवार हस्तान्तरण गरेका छन्।

नगरमा रहेको जिल्लाको सबैभन्दा ठुलो र प्रतिष्ठित अस्पतालमा आउने बिरामीलाई दिउँसै मच्छरले टोकेर सताउन थालेको र राति झन् धेरै मच्छर लाग्ने गरेको गुनासो सुनेपछि नैतिक िजम्मेवारी मानेर आफूले ‘मस्क्वीटो क्लीन स्वीप’ मेसिन उपलब्ध गराएको जानकारी गराएका छन् । बिरामीलाई हरेक दृष्टिकोणबाट जोगाउनको लागि नगरपालिकाको तर्फबाट आफूले सहयोग गरेको नगर प्रमुख साहले बताएका छन्।

करिब एक सय ५० मिटर परिधि भित्रको मच्छरलाई मार्न सक्ने दाबी गरिएको सो मेसिनको प्रतिक्रिया आएपछि अन्य ठाउँमा पनि आवश्यकता अनुसार व्यवस्थापन गर्ने नगर प्रमुख साहको भनाइ छ।  

नगरपालिकाले उपलब्ध गराएको मच्छर मार्ने मेसिनको कार्य क्षमता राम्रो भएकोले अस्पताललाई निकै फाइदा पुग्ने प्रतिक्रिया मेडिकल सुपरिटेन्डेन्ट डा. साहले दिएका छन्।

प्रकाशित: १९ कार्तिक २०८० १६:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App