१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

मधेश प्रदेश सभा सदस्य विन्दुकुमारी यादवको निधन

मधेश प्रदेश सभा सांसद बिन्दुकुमारी यादवको निधन भएको छ। ४४ वर्षको उमेरमा उनको निधन भएको हो।

आज बिहान करिब ८ बजे उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा उनको निधन भएको हो।

जनता समाजवादी पार्टी, नेपालको तर्फबाट सांसद बनेकी यादवको आजै अन्त्येष्ठि गरिने तयारी रहेको जसपाका सचेतक रामअशिष यादवले जानकारी दिए।

उनका अनुसार सांसद यादवको पार्थिव शरीर अहिले पार्टीको प्रादेशिक कार्यालयमा लगिँदैछ।

जसपाकी केन्द्रीय सदस्य समेत रहेकी यादव लामो समयदेखि पाठेघरको मुखको क्यान्सर रोगबाट ग्रसित थिइन्।

दुई वर्ष अघि मात्रै उनमा पाठेघरको मुखको क्यान्सर पत्ता लागेको थियो। प्रादेशिक अस्पताल जनकपुरधामको सघन उपचार कक्षमा उपचाररत यादवलाई १० दिन अघि मात्रै अस्पताल भर्ना गरिएको थियो।

अस्पतालका प्रवक्ता एवं छाला रोग विशेषज्ञ डाक्टर रामज्ञान यादवका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि यादवलाई आईसीयूमा राखेर उपचार भइरहेको थियो।  

सर्लाहीको कविलासी नगरपालिका सिर्सियाकी सांसद यादव गत निर्वाचनमा समानुपातिक तर्फबाट सांसद चुनिएकी थिइन्।

प्रकाशित: २६ भाद्र २०८० ०५:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App