४ असार २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

महँगा स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्किए

लुम्बिनी प्रादेशिक अस्पतालले विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ। यस अस्पतालमा बहिरंग (ओपिडी) विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ। तर यहाँ दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउँछन्।

अस्पतालमा विशेषज्ञ सेवासहित दुई दर्जन बढी स्वास्थ्य सेवा उपलब्ध छ। अस्पतालमा स्वास्थ्य सेवाका लागि अधिकांश मुटु, मिर्गौला, पाचन प्रणाली, कलेजो, आन्द्रा र पेटको समस्या भएका बिरामीको संख्या अधिक रहेको छ।

पछिल्लोसमय स्वास्थ्यमा जटिल देखिएका मुटु, पाचन प्रणाली, कलेजो, आन्द्रा र पेटको समस्या भएका बिरामीका लागि सहज, सुलभ र प्रभावकारी उपचारको व्यवस्था छैन। बिरामीको उपचारका लागि आवश्यक परीक्षण र उपचारको समेत सहज प्रबन्ध नहुँदा निजी तथा जिल्लाबाहिरका अस्पतालमा पुगेर महँगो सेवा लिनुपर्ने बाध्यता छ।

यस्ता बिरामीको उपचारका लागि आवश्यक पर्ने करिब १७ करोड रूपैयाँभन्दा बढीका खरिद गरिएका स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्काइएको छ। आवश्यक जनशक्ति र उपकरण सञ्चालनका लागि आवश्यक पर्ने थप उपकरणको व्यवस्था नहुँदा डेढ वर्षदेखि प्रयोगमा आउन सकेका छैनन्।

पछिल्लोसमय मानिसको स्वास्थ्यमा जटिल बन्दै गएको मुटुको स्वास्थ्य सेवा यस अस्पतालले सुरु गरेको छ। यो जटिल रोगका लागि अस्पतालमा विशेषज्ञ चिकित्सकले सेवा दिँदै आएका छन् तर मुटुको उपचारका लागि परीक्षण र थप उपचारका लागि महत्त्वपूर्ण मानिएको ‘क्याथल्याब’ मेसिन विगत १० महिनादेखि अस्पतालको एउटा कोठामा थन्काएर राखिएको छ।

प्रकाशित: ३१ भाद्र २०८० ०२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App