२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

ठाकुरको अध्यक्षतामा जसपा लोकतान्त्रिक

नयाँ दल दर्ताका लागि निवेदन दिएपछि ठाकुर पक्षका नेता केशव झाले भने, ‘राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएकोमा शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विशेष धन्यवाद छ।’ देउवालाई अध्यादेश ल्याउन आग्रह गर्न ठाकुर पक्षका नेताहरू मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

नयाँ दल दर्ता गर्न महन्थ ठाकुर निर्वाचन आयोगमा

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता गुमाएपछि दलविहीन बनेका महन्थ ठाकुर नयाँ दल दर्ता गर्नका लागि निर्वातन आयोग पुगेका छन्।

अध्यादेश गलत अभ्यासको निरन्तरता

सरकारले अध्यादेश सिफारिस गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पनि पूर्ववर्ती केपी शर्मा ओली सरकारका गलत कामलाई निरन्तरता दिने बाटोमा लागेको टिप्पणी भएको छ। संसद् अधिवेशन अन्त्य भएको २४ घन्टा नहुँदै ल्याइएको यो अध्यादेश सर्वोच्च अदालतको संवैधानिक इजलासले दुई महिनाअघि दिएको आदेशविपरीत छ।

उपेन्द्रको आधिकारिकता सदर

‘आधिकारिकताका सम्बन्धमा दुवै पक्षका दाबी सुनुवाइ गरी केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति र सनाखतसमेत लिई आवश्यक संख्यामा कानुनबमोजिम छ वा छैन भन्ने अन्तिम निर्णयको विषय देखिएको, उठाइएका अन्य विषयमा समेत अन्तिम निर्णय हुँदा विचार हुने नै भएकाले तत्काल निवेदकलाई अपूरणीय क्षति पुग्ने नदेखिएकाले अन्तरिम आदेश जारी गर्नुपरेन,’ सर्वोच्चले सोमबारको आदेशमा भनेको छ।

ठाकुर र महतो केन्द्रीय सदस्यबाट पनि हटाइए

आगामी भदौ १ र २ मा बस्ने भनिएको जसपाको केन्द्रीय समितिको बैठकमा ठाकुर तथा महतोसहित ठाकुरनिकट १६ जना नेतालाई अध्यक्ष यादवले नबोलाउने भएका छन्।

बहुल राष्ट्रिय राज्य स्थापनाका लागि संघर्ष गर्ने : महतो

‘बहुल राष्ट्रिय राज्य स्थापनाका लागि लडाई लडने हो। यो देशमा एउटै मात्र काम बाँकी छ, बहुल राष्ट्रिय राज्य स्थापना गर्ने। त्यसैका लागि हाम्रो पार्टीको जन्म भएको हो। त्यसका लागि तराई र मधेश तयार छ। पहाड र हिमालका जनतापनि तयार हुनुपर्यो।’

जसपा सातापछि सरकारमा

जसपाले सरकारमा सामेल हुने विषयमा पहिल्यै निर्णय गरिसकेको छ। पार्टीबाट सरकारमा कसकसलाई पठाउने भनी टुंगो लाउने जिम्मेवारी तीन शीर्ष नेता बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईलाई दिइएको छ।

अध्यक्षबाट हटाइए ठाकुर

निर्वाचन आयोगमा ‘हेडकाउन्ट’ हुँदा उपेन्द्र यादवलाई साथ दिएका कार्यकारिणी समितिका ३४ सदस्यलाई अद्यावधिक गरिएको सूचीमा राखिएको छ। हेडकाउन्ट हु्ँदा तटस्थ देखिएका रेशम चौधरीलाई पनि अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिमा राखेका छन्। हेडकाउन्टमा महन्थ ठाकुरको पक्षमा उभिएका १६ जना कार्यकारिणी सदस्यलाई सूचीबाट हटाइएको छ।

जसपाका प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्न अस्वीकार

जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेशसभा सदस्यहरूले आफूलाई पुनर्बहाली गर्न माग गर्दै दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

गठबन्धन सरकारमा मन्त्रीको आकांक्षी धेरै हुनु स्वभाविक : राजेन्द्र श्रेष्ठ

जनता समाजवादी पार्टी नेपालका शीर्ष नेता तथा सांसद् राजेन्द्र श्रेष्ठले अबको दुई/चार दिनभित्रै सरकारले पूर्णता पाउने विश्वास दिलाएका छन्। यसको लागि गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुबीच कुराकानी पनि भैरहेको उनको भनाइ छ।

ठाकुर महतो रणनीती: जसपामै रहेर नयाँ पार्टीको अभ्यास

स्रोतका अनुसार नयाँ पार्टी घोषणा गरे कानुनी रूपमा जनता समाजवादी पार्टी (जसपा) मा सदस्यता नै नरहने र सांसद पद पनि स्वतः गुम्ने स्थिति रहेको भनी कानुन व्यवासायीहरूले जानकारी दिएको बुझिएको छ।

जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन्।

लुम्बिनी सरकारका तीन मन्त्रीको सांसद पद गुम्यो

लुम्बिनी सरकारका तीन मन्त्रीको सांसद पद गुमेको छ। प्रदेश सरकारमा सहभागी भएका जनता समाजवादी पार्टी (जसपा) का सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डे र विजयबहादुर यादव सांसद पदबाट पदमूक्त भएका हुन्।

रेशम चौधरी पुगे निर्वाचन आयोग, तटस्थ बस्न सक्ने

डिल्लीबजार कारागारमा रहेका जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन्।

निर्वाचन आयोगको आदेशविरुद्ध ठाकुर सर्वोच्चमा

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा निर्वाचन आयोगको आदेश बदरको माग गर्दै महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्