२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गठबन्धन सरकारमा मन्त्रीको आकांक्षी धेरै हुनु स्वभाविक : राजेन्द्र श्रेष्ठ

जनता समाजवादी पार्टी नेपालका शीर्ष नेता तथा सांसद् राजेन्द्र श्रेष्ठले अबको दुई/चार दिनभित्रै सरकारले पूर्णता पाउने विश्वास दिलाएका छन्। यसको लागि गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुबीच कुराकानी पनि भैरहेको उनको भनाइ छ।

राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘यो गठबन्धनको सरकार हो। त्यसो भएको हुनाले अहिले सरकारलाई पूर्णता दिनेबारे पनि कुराकानी भैरहेको छ। हामीले हिजो भर्खरै सरकारको लागि न्यूनतम साझा कार्यक्रम ल्याएका छौं। गठबन्धन भन्ने बित्तिकै सार्वभौम र समानताको आधारमा सरकार चल्ने कुरा हो। यसमा भावनात्मक एकताको कुरा पनि हुन्छ। मन्त्रालय बाँडफाँडको विषयमा छलफल भैरहेको छ।’  

उनले वर्तमान सरकारसँग आगामी निर्वाचन पनि सम्पन्न गराउने दायित्व भएकोले उपयुक्त समयमा उपयुक्त निर्णय लिईने पनि बताए। उनले मन्त्री बन्नको लागि आकांक्षी धेरै हुनुलाई स्वभाविक रुपमा लिनुपर्ने पनि बताए।

प्रकाशित: २५ श्रावण २०७८ १३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App