१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
खेल

नेपाल काभा यू-२० पुरुष भलिबल प्रतियोगिताको फाइनलमा

तस्बिर सौजन्यः सेन्ट्रल एसियन भलिबल एशोसिएसनको फेसबुक पेजबाट।

नेपाल काभा यू-२० पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

श्रीलङ्काको कोलम्बोमा भईरहेको खेलमा नेपालले शुक्रवार तुर्कमेनिस्तानलाई ३–० सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

नेपालले तुर्कमेनिस्तानलाई २५–१४, २५–२१, २५–२० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। 

नेपालले प्रतियोगितामा पाँच मध्ये तीन खेल जित्दै कूल १० अङ्क जोडेर शीर्ष दुईमा रहँदै फाईनलमा स्थान बनाएको छ।

नेपालले अब फाईनलमा शनिवार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। 

प्रकाशित: २५ आश्विन २०८१ १८:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App