२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जसपाका अध्यक्ष ठाकुरद्वारा सर्वोच्चमा रिट

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टी विभाजन र आधिकारिकताको निर्णय रोक्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।

जसपा आधिकारिकता विवादः कार्यकारिणी समितिका सदस्यको सनाखत हुने

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता सम्बन्धमा कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको छ।

जसपाको संसदीय दलको बैठक सुरु, प्रम देउवालाई विश्वासको मत दिनेबारे छलफल हुने

जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको बैठक सुरु भएको छ।

जसपाको यादव समूह सरकारमा सहभागी हुँदै

जसपाको तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो।

सरकारमा जानेबारे जसपाको यादव पक्षको बैठक जारी

जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको छ।

जनता समाजवादी पार्टी खारेजको माग गर्दै सर्वोच्चमा रिट

जनता समाजवादी पार्टी (जसपा) खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।

आयोगले जसपाका दुवै पक्ष बोलायो

जनता समाजवादी पार्टीको आधिकारिकताको विवादको विषयमा निर्वाचन आयोगले मंगलबार सहमतिकोलागि दुवै पक्षलाई बोलाएको छ। सहमति खोज्न मंगलबार जसपाको दुबै पक्षलाई बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

जसपाका मन्त्रीको राजीनामा : शंकरको सत्तामा 'संकट'

पोखरेलले नै सत्तामा पुर्‍याएका एक मन्त्रीले राजीनामा दिएपछि उनी संसदको अंकगणितमा स्पष्ट अल्पमतमा पुगेका छन्।

ठाकुरले बोलाएको बैठकमा आधा गएनन्

सरकारबाट हटेको पर्सिपल्ट बिहीबार ठाकुरले विघटित जसपाको संसदीय दलको बैठक बोलाएको थिए। बैठकमा ठाकुरले आफूनिकट विघटित प्रतिनिधिसभाका सदस्यहरूलाई बोलाएका थिए। तर, बैठकमा आधाजसो निवर्तमान सांसद अनुपस्थिति भए। अनुपस्थित भएकामध्ये आधाभन्दा बढी काठमाडाैंमै बसेर बैठकमा गएनन्।

जसपा आधिकारिकता दाबीः प्रमाण पेस गर्न ठाकुरलाई पत्र

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न भन्दै पत्राचार गरेको छ।

यादव पक्षले ठाकुरविरुद्ध किर्तेमा मुद्दा दायर गर्ने

जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुरले गत असार १ गते निर्वाचन आयोगमा पेश गरेको कागजात नक्कली र किर्ते भएको दाबी गर्दे उपेन्द्र यादव पक्षसँग निकट कानुन व्यवासायीहरूले अदालतमा किर्ते र जालसाजीको मुद्दा दायर गर्ने जनाएका छन्।

उपेन्द्र यादवले भनेः महन्थले आयोगमा पठाएको कागजात किर्ते र जालसाजी

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरले २०७७ असार १ गते निर्वाचन आयोगमा पठाएको कागजात किर्ते, जालसाजी र नक्कली भएको बताएको छ।

आधिकारिकता दाबी गर्दै यादव पक्ष आयोगमा

जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले आधिकारिकता दाबी गर्दै शुक्रबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ।

'कार्यकारिणी फेर्ने अधिकार ठाकुरलाई'

जनता समाजवादी पार्टीको आधिकारिकता विवाद चर्केका बेला महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवकै सहमतिबाट जसपाको कार्यकारिणी समितिमा हेरफेर र पुनर्गठन गर्ने सम्पूर्ण अधिकार ठाकुरलाई दिएको निर्णयसम्बन्धी दस्तावेज निर्वाचन आयोगमा बुझाएको छ।

पार्टी वैधानिकता दावी गर्न उपेन्द्र यादव समूह निर्वाचन आयोगमा

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव समूह पार्टीको वैधानिकता दावी गर्न निर्वाचन आयोग पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्