२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

निर्वाचन आयोगविरुद्ध उपेन्द्र अदालत जाने

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगको आइतबारको निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने घोषणा गरेको छ। महन्थ ठाकुर पक्षले भने आयोग निर्णयलाई स्वागत गरेको छ।

राजनीतिक दलको विवादकाे आवेदन: अनिर्णयको बन्दी

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव समूहले एकअर्कामाथि गरेको कारबाही विधानसम्मत नदेखिएको भन्दै अभिलेखीकरणका लागि अस्वीकार गरेको छ।

नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप

जसपा संसदीय दलकी प्रमुख सचेतक पूर्मति ढेंगा मगरले आफ्ना पार्टीका सांसदहरुलाई लिखित पत्र पठाइ विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी हुन्।

ठाकुर पक्षलाई सहमतिभन्दा पनि बढी मन्त्री

जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका आधाभन्दा बढी सांसद मन्त्री भएका छन् । जसपाको ठाकुर पक्षका २० मध्ये ११ सांसद केपी ओली नेतृत्व सरकारका मन्त्री भएका छन् ।

जसपा ठाकुर–महतो पक्षः मन्त्री नपाउँदा असन्तुष्टि

सरकारमा गएपछि जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षभित्र असन्तुष्टि देखिएको छ। पूर्वराष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका ६ सदस्यमध्ये एक राजकिशोर यादव सरकारमा जान पाएनन्।

सरकारको विषयलाई लिएर जसपा ठाकुर पक्षमा असन्तुष्टि

पूर्व राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवलाई सरकारमा पठाइएको छैन। पूर्व राजपाका अध्यक्ष मण्डलका ६ जना सदस्यमध्ये एक जना सदस्य महेन्द्र यादवले कित्ता परिवर्तन गरेका छन्।

प्रधानमन्त्री ओलीले चार मन्त्रीलाई यथावत राखी अरुलाई हटाउने

शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेका प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीको महन्थ– राजेन्द्र समूहका नेताहरुलाई मन्त्री पद दिने भएपछि आफ्नै पार्टीकालाई हटाउने भएका हुन्।

महन्थ ठाकुर पक्ष सरकारमा जाने, को-को बने मन्त्री (सूचीसहित)

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने निर्णय गरेको छ। वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ठाकुर पक्ष सरकारमा जान लागेको हो।

६ सदस्यले छाडे ठाकुरको साथ

पछिल्लोपटक कार्यकारिणी समितिका सदस्यहरू मृगेन्द्रसिंह यादव, नवलकिशोर साह र रामनरेश राय यादव महन्थ ठाकुरलाई छाडेर उपेन्द्र यादव समूहमा गएका हुन्।

ठाकुर पक्षको निर्णयः उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने

अध्यक्ष यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय भएको ठाकुर पक्षका नेता डा. सुरेन्द्र झाले जानकारी दिए।

जसपाको निर्वाचन आयोगलाई पत्र : ठाकुर, महतो, शुक्ल र कर्णको नाम हटाइ दिनू

अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा जेठ १७ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको केन्द्रीय कार्यकारीणी समिति सदस्यमा रहेका महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णको नाम हटाइ दिन आयोगलाई पत्र पठाएको हो।

नेता गायक बने पछि...

केशव झा नेता हुन् । उनी जनता समाजवादी पार्टीका कार्यकारिणी समितिका सदस्य हुन् । तर उनको परिचय यतीमा मात्र सीमित छैन, उनी एउटा गायक पनि हुन् । अहिलेसम्म उनले १० वटा गीत गाएका छन् । राजनीतिको कारण उनको संगित क्षेत्रको परिचय ओझेलमा परहेको छ ।

उपेन्द्र-बाबुराम पक्षको निर्णयः महन्थ र महतोसहित चार नेतालाई पार्टीबाट निष्कासन

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव र बाबुराम भट्टराईको पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई निष्कास गर्ने निर्णय गरेको छ।

जसपा यादव पक्षको राजनीतिक प्रतिवेदनः ओलीबाट माग पूरा हुन्छ भनी सोच्नु हानिकारक

जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले शुक्रबार सार्वजनिक गरेको राजनीतिक प्रतिवेदनमा ओली सरकारबाट केही प्रशासनिक माग सम्बोधन भए पनि राजनीतिक माग मुद्दा सम्बोधन हुन्छ भनी सोच्नु हानिकारक भएको निष्कर्ष निकालेको छ ।

जसपाको समर्थन प्रधानमन्त्री ओलीलाई

जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्