८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्री ओलीले चार मन्त्रीलाई यथावत राखी अरुलाई हटाउने

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिका चार मन्त्रीलाई यथावत राखी अरुलाई हटाउने भएका छन्।

शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेका प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीको महन्थ–राजेन्द्र समूहका नेताहरुलाई मन्त्री पद दिने भएपछि आफ्नै पार्टीकालाई हटाउने भएका हुन्।

योसँगै नेकपा(एमाले)बाट मन्त्री भएकाहरु आज पदमुक्त बन्दैछन्।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अर्थमन्त्री बिष्णु पौडेल, शिक्षा तथा विज्ञान प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङबाहेक अरुलाई हटाउन लागेका हुन्।

प्रकाशित: २१ जेष्ठ २०७८ १३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App