७ वैशाख २०८१ शुक्रबार
राजनीति

नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप

जनता समाजवादी पार्टी(जसपा), लुम्बिनी प्रदेश संसदीय दलले सरकारले पेश गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। जसपा संसदीय दलकी प्रमुख सचेतक पूर्मति ढेंगा मगरले आफ्ना पार्टीका सांसदहरुलाई लिखित पत्र पठाइ विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी हुन्।

जेठ २५ गते प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम समयसापेक्ष नरहेको हुँदा राजनीतिक दलसम्बन्धी ऐनको दफा २८ को उपदफा १ अनुसार संसदीय दलका नेता मा. सहशराम यादवको निर्देशनमा यस जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदशे संसदीय दलका तर्फबाट सोही दफा २८ को उपदफा १(ख) बमोजिक उक्त नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३० जेष्ठ २०७८ ०८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App