coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जसपाको निर्वाचन आयोगलाई पत्र : ठाकुर, महतो, शुक्ल र कर्णको नाम हटाइ दिनू

जनता समाजवादी पार्टीले पार्टीका चार नेताहरुलाई दलको दर्ता किताबबाट हटाउन निर्वाचन आयोगलाई पत्र लेखेको छ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा जेठ १७ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको केन्द्रीय कार्यकारीणी समिति सदस्यमा रहेका महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णको नाम हटाइ दिन आयोगलाई पत्र पठाएको हो।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा रहेका ती नेताहरुले पार्टी विधान, नीति र निर्णयहरु विपरीत काम गरिरहेको जनाउँदै जेठ ८ गते बसेको बैठकले स्पष्टीकरण सोध्दा पनि त्यसको जवाफ नदिएको पत्रमा उल्लेख गरेको छ।

‘निजहरुलाई पटकपटक स्पष्टीकरण सोध्दा पनि सोको कुनै जवाफ नदिएकोले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १८(३), २५(१)(२) र पार्टीका अन्तरिक विधान २०७७ को धारा ४९ को १, २, ३, ५ र ८ विपरीत काम गनर्नुभएकोले पार्टी विधानको धारा ५० को (१) बमोजिम अनशाुसन सम्बन्धी कारबाही भई निज ४ जनालाई पार्टी सदस्य समेत नरहने गरी पार्टीबाट निश्कासन गरिएको अवगत गराइन्छ। राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ को १, २ र ३ बमोजिम हाम्रो दलको दर्ता किताबबाट नाम हटाई अद्यावधिक गर्न अनुरोध गरिन्छ।’ पत्रमा उल्लेख छ।

पत्रका साथ केन्द्रीय कार्यकारिणी समितिको बैठक र स्पष्टीकरण पत्रको कागजात समेत संलग्न गरिएको पार्टीले जनाएको छ।

प्रकाशित: १८ जेष्ठ २०७८ १०:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App