२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कार्यकारिणी समितिको बैठक स्थगित छैनः उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बैठक स्थगित नभएको विज्ञप्ति निकालेका छन्।

बजेटमा अन्योलः सहमति नभए विकल्प अध्यादेश

जनता समाजवादी पार्टी (जसपा) ले वर्तमान सरकारलाई समर्थन नदिने निर्णय गरेपछि आगामी वर्षको बजेट ल्याउन अध्यादेशबाहेक अर्को विकल्प देखिएको छैन। सबै दलबीच बजेटमा राजनीति नगर्ने सहमति बन्यो भनेमात्र संसद्बाट बजेट आउनेछ।

जसपाको स्पष्टोक्ती : आफ्नै नेतृत्वमा सरकार बने मात्र सरकारमा, नत्र प्रतिपक्ष

पार्टीका अध्यक्षद्वय महन्त ठाकुर र उपेन्द्र यादवले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै तत्काल सरकारमा नजाने पनि स्पष्ट पारेको छ।

सर्वोच्चको आदेश : कारवाही गरेका ४ सांसदलाई पुनर्बहाली गर्नू

जनता समाजवादी पार्टीबाट निर्वाचित चार सांसदहरु क्रमशः सन्तोष पाण्डेय, सुमन शर्मा रायमाझी, विजयबहादुर यादव र कल्पना पाण्डेलाई पुनर्बहाली गर्न आदेश दिएको हो।

ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गर्‍यो

जनता समाजवादी पार्टीको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले महतोलाई संसदीय दलको नेता चयन गरेको छ। ठाकुर-महतो पक्षका २० जना सांसदहरूको सहमतिमा महतोलाई संसदीय दलको नेता चयन गरेको महतो पक्षका सांसद प्रमोद साहले बताए। आइतबार संसद सचिवालयमा यस सम्बन्धमा जानकारी गराउने तयारी भएको पनि उनले बताए।

प्रधानमन्त्री ओली र ठाकुरबीच भेटवार्ता

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त सरकारका लागि दाबी नगर्ने भएपछि ओली फेरि प्रधानमन्त्री बन्ने तरखरमा रहेका ओलीसँग सामयिक विषयमा दुईपक्षबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

जसपा ठाकुर पक्षका सांसदहरू भक्तपुरको डोलेश्वर रिसोर्टमा

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफ्ना पक्षका सांसदहरू भक्तपुरको सिपाडोलस्थित डोलेश्वर रिसोर्टमा राखेका छन्।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन्नौंः उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएका छन्।

हामी पक्ष विपक्षमा छैनौः महन्थ ठाकुर

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी कसैको प्रस्तावमा पक्ष–विपक्षमा नरहेको बताएका छन्। सोमबार सदनमा बोल्दै आफ्ना माग कसैले पनि पूरा नगरेको भन्दै पक्ष–विपक्षमा नजाने प्रष्ट पारे।

जसपाका पदमुक्त सांसदका रिट दर्ता गर्न अस्वीकार

सर्वोच्च अदालत प्रशासनले जनता समाजवादी पार्टी (जसपा)का लुम्बिनी प्रदेशसभाका चार सदस्यको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएको निर्णयविरुद्ध आज सर्वोच्च अदालतमा पुगेका सन्तोषकुमार पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालको रिट निवेदन दर्ता गर्न अस्वीकार गरिएको हो।

प्रदेशसभा सदस्य कारबाही प्रकरणः जसपा विभाजनकाे संघारमा

अन्ततः जनता समाजवादी पार्टी विभाजनको संघारमा पुगेको छ। पार्टी निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारका मन्त्रीको रुपमा सपथ लिने चारजना प्रदेश सभा सदस्यहरुलाई कारबाही गर्ने विषयलाई लिएर पार्टी विभाजनको संघारमा पुगेको हो।

सरकारले गर्‍यो १२० मुद्दा फिर्ताः मन्त्री, सांसद, मेयरमाथिको मुद्दाबारे सरकार मौन

सरकारले जनता समाजवादी पार्टीसँग भएको समझदारीअनुसार जसपाका नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने निर्णय गरेको छ।

‘सरकारलाई ठाकुरको साथ’

‘प्रधानमन्त्रीसँगको छलफलपछि ठाकुर निकै उत्साहित देखिएका छन्। माग पूरा भएमा पार्टीमा यसको सबै जस ठाकुरले लिनेछन्। विगतमा उपेन्द्र यादव माग पूरा नभईकन सरकारमा गएका थिए।’ तर यादव पक्ष भने ओली नेतृत्वको सरकारलाई पार्टीले साथ दिने कुनै आधार नभएको बताउँछ। उपेन्द्र निकट मानिने पार्टी कार्यकारिणी समिति सदस्य रामसहाय यादवले ओली सरकारलाई जसपाले साथ दिने कुनै आधार नभएको दाबी गरे।

‘म सरकारको विरोधमा छैन’

नेपाली कांग्रेस र माओवादी केन्द्रले जसपाको साथ लिएर ओली नेतृत्वको सरकारलाई हटाउने तयारी गरिरहेका बेला ठाकुरले आफूले उठाएका मुद्दा सम्बोधन गर्न सरकार सकारात्मक ढंगले अघि बढेको बताएका छन्।

तीन दलको बैठकः कांग्रेसको नेतृत्वमा सरकार बनाउन प्रस्ताव, जसपाले माग्यो थप समय

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा बसेको तीन दलको बैठक सकिएको छ। शुक्रबार अपरान्ह बुढानिलकण्ठमा बसेको तीन दलको बैठकमा नेपाली कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)सामू आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्