coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन्नौंः उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएका छन्। 

सोमबार प्रनिधिसभा बैठकमा बोल्दै अध्यक्ष यादवले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएर उनका विपक्षमा मतदान गर्ने बताएका हुन्। ‘संसद असंवैधानिक तरिकाले विघटन गर्नुभयो, तपाईलाई जुन संसदमा विश्वास छैन, कसरी मत दिने ?’ भनेर यादवले प्रश्न गरे। 

प्रधानमन्त्री ओलीले नै संघीय गणतन्त्रलाई धरापमा पार्न लागेकाले आफूले समर्थन गर्न नसक्ने उनले बताए। यस्तै, उनले मुलुकमा मधेशी, जनजाति र आदिवासीका समस्या रहेको तर तीन वर्षमा समाधान गर्ने प्रयास नभएको आरोप लगाए।

प्रकाशित: २७ वैशाख २०७८ ११:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App