coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गर्‍यो

जनता समाजवादी पार्टीको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले महतोलाई संसदीय दलको नेता चयन गरेको छ। ठाकुर-महतो पक्षका २० जना सांसदहरूको सहमतिमा महतोलाई संसदीय दलको नेता चयन गरेको महतो पक्षका सांसद प्रमोद साहले बताए। आइतबार संसद सचिवालयमा यस सम्बन्धमा जानकारी गराउने तयारी भएको पनि उनले बताए।  

ठाकुर-महतो पक्षसँग १६जना सांसद छन्। उपेन्द्र याव पक्षका अरु ४ जना सांसद आफ्नो कित्तामा आएको साहले दावी गरे। ‘अहिले हामीसँग २० जना सांसद हुनुहन्छ। अरू एक जना सांसदले पनि आउने प्रतिबद्धता जनाउनु भएको छ।’ कित्ता परिवर्तन गरेका सांसदको नामबारेमा भने उनले खुलाउन चाहेनन्। ठाकुर निकट नेता डा.सुरेन्द्र झाले पनि सहमतिमा महतोलाई संसदीय दलको नेता चयन गरिएको बताए।  

उपेन्द्र यादव पक्षका सांसद रामसहाय यादवले भने महतोलाई संसदीय दलको नेता चयन गरेको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए। ‘कहिले संसदीय दलको बैठक बस्यो र कुन आधारमा महतोजी संसदीय दलको नेता चयन हुनुभयो। यसबारेमा मलाई थाहा छैन’यादवले भने।

ठाकुर महतो पक्षका सांसदहरूले बिहीबार भक्तपुरको डोलेश्वर रिसोर्टमा गई बैठक गरेका थिए। सो बैठकमा महतोलाई संसदीय दलको नेता चयन गर्ने सहमति भएको साहले बताए। पोहर साल तत्कालिन समाजावदी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण हुँदा महतोलाई संसदी दलको नेता दिने मौखिक सहमति भएको ठाकुर निकट नेताहरू बताउँछन्।

प्रकाशित: ३१ वैशाख २०७८ १२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App