७ वैशाख २०८१ शुक्रबार
राजनीति

सर्वोच्चको आदेश : कारवाही गरेका ४ सांसदलाई पुनर्बहाली गर्नू

लुम्बिनी प्रदेशका चारजना प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

जनता समाजवादी पार्टीबाट निर्वाचित चार सांसदहरु क्रमशः सन्तोष पाण्डेय, सुमन शर्मा रायमाझी, विजयबहादुर यादव र कल्पना पाण्डेलाई पुनर्बहाली गर्न आदेश दिएको हो।  

सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले उनीहरुलाई प्रदेशसभा सदस्य पदमा पूनबहाली गर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ।

जसपाको उपेन्द्र यादव पक्षले उनीहरुमाथि कारवाही भएको जनाउँदै प्रदेशसभामा पत्र पठाएको थियो। त्यही पत्रकाआधारमा ती सांसदहरुलाई प्रदेश सचिवालयले कारवाही गरेको थियो।

उनीहरुलाई प्रदेशसभा सदस्यबाट वैशाख १७ गते पदमुक्त गरेको थियो।

प्रकाशित: ३ जेष्ठ २०७८ १३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App