७ वैशाख २०८१ शुक्रबार
राजनीति

तीन दलको बैठकः कांग्रेसको नेतृत्वमा सरकार बनाउन प्रस्ताव, जसपाले माग्यो थप समय

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा बसेको तीन दलको बैठक सकिएको छ। शुक्रबार अपरान्ह बुढानिलकण्ठमा बसेको तीन दलको बैठकमा नेपाली कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)सामू आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखेको छ। माओवादी केन्द्र त्यसमा सहमत भएपनि जसपाले यसबारे छलफल गर्न समय मागेका छ।

बैठकमा जसपा नेताहरुले नयाँ सरकारको औपचारिक प्रस्ताव आएकाले पार्टीमा छलफल गर्न समयको माग गरेसँगै फेरि बैठक बस्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।  

माओवादी केन्द्रले भने वर्तमान सरकारको विकल्प खोज्ने देउवाको प्रस्तावमा सहमति जनाएको छ ।

प्रकाशित: २७ चैत्र २०७७ १२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App