१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारको विषयलाई लिएर जसपा ठाकुर पक्षमा असन्तुष्टि

सरकारमा नपठाएपछि जनता समाजवादी पार्टीको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षभित्रै असन्तुष्टि उत्पन्न भएको छ।  

पूर्व राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवलाई सरकारमा पठाइएको छैन। पूर्व राजपाका अध्यक्ष मण्डलका ६ जना सदस्यमध्ये एक जना सदस्य महेन्द्र यादवले कित्ता परिवर्तन गरेका छन्।

महन्थ ठाकुर सरकारमा गएनन्। तीन जना सदस्य राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिल झा सरकारमा गएका छन्। एक जना सदस्य राजकिशोर यादवलाई मात्र सरकारमा पठाइएन। यसबाट राजकिशोर असन्तुष्ट रहेको राजकिशोर निकट स्रोतको भनाइ छ।

यसैगरी सरकारमा जान इच्छुक देखिएका प्रमोद साहलाई पनि ठाकुरले सरकारमा पठाएनन्। यसबाट साह असन्तुष्ट भएका छन्। उनले भने, ‘जनताले मलाई विश्वास गरे। तर पार्टीका नेताहरूले विश्वास गरेनन।’

साह सर्लाही १बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन्। प्रतिनिधि सभाको टिकट दिँदा पनि आफूलाई अन्याय गरेको उनले बताए। ‘मेरो घर नभएको, पूर्व राजपाले ३ वटा मात्र वडामा जितेको क्षेत्रमा मलाई टिकट दिइयो’ साहले भने, ‘त्यो उम्मेदवारी मनोयन गर्नुको अघिल्लो दिन राती १२ बजे टिकट दिइयो।’ आफ्नो व्यक्तिगत लोकप्रियताबाट चुनाव जितेको उनले बताए।  

स्रोतका अनुसार सरकारमा नपठाएपछि उपेन्द्र यादवबाट कित्ता परिवर्तन गरेर ठाकुर कित्तामा पुगेका रुही नाथ र कल्लुदेवी विश्वकर्मा पनि असन्तुष्ट भएका छन्। यादव पक्षमा कित्ता परिवर्तन गरेको ५ सांसदमध्ये बिमल श्रीवास्तव, उमाशंकर अरगरैया र रेणुका गुरुङलाई ठाकुरले सरकारमा पठाएका छन्। 

प्रकाशित: २३ जेष्ठ २०७८ ०७:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App