१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पार्टी वैधानिकता दावी गर्न उपेन्द्र यादव समूह निर्वाचन आयोगमा

तस्बिरः मोनिका मल्ल/नागरिक

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव समूह पार्टीको वैधानिकता दावी गर्न निर्वाचन आयोग पुगेको छ। 

बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले वैधानिकता दावी गर्ने निर्णय गरेसँगै उक्त समूह आज आयोग पुगेको जसपाका नेता प्रकाश अधिकारीले बताए।  

यसअघि जेठ १७ गते पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय आयोगमा बुझाइएको थियो।

सोही दिन ठाकुरले पनि यादवलाई निष्कासनको पत्र बुझाएका थिए।

प्रकाशित: ४ असार २०७८ १०:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App