coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

उपेन्द्र यादवले भनेः महन्थले आयोगमा पठाएको कागजात किर्ते र जालसाजी

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरले २०७७ असार १ गते निर्वाचन आयोगमा पठाएको कागजात किर्ते, जालसाजी र नक्कली भएको बताएको छ।

यादव पक्षबाट पार्टीका प्रचार विभाग प्रमुख डम्मर खतिवडाले शनिबार प्रेस विज्ञप्ति जारी गरी २०७७ पुस ७ गतेको बैठकमा कार्यकारिणी हेरफेर, प्रमाणीकरण तथा आधिकारिक पत्राचारको अधिकार दिएको विषयमा कुनै निर्णय नभएको भन्दै हुँदै नभएको निर्णयलाई निर्णय भएको भनी महन्थ ठाकुरले आयोगमा झुटा विवरण र नक्कली चिठी पठाएकोे बताएका छन्। ‘हुँदै नभएको निर्णयलाई निर्णय भनी २०७८ असार १ गते निर्वाचन आयोगमा झुटा विवरण लेखी किर्ते र जालसाजी गरी निर्णय गरेको भनी महन्थ ठाकुरले निर्वाचन आयोगमा पत्र दर्ता गराएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य अनैतिक, गैरकानुनी र दण्डनीय हो।’

ठाकुरले निर्वाचन आयोग, पार्टी पंक्ति र आम जनसमुदायलाई गुमराहमा राखेका बताएका छन्। २०७७ पुस ७ गते बसेको बैठकले गरेको सम्पूर्ण निर्णय अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले हस्ताक्षर गरी प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको र उक्त दिनको निर्णय कार्यकारिणी सदस्य, केन्द्रीय सदस्य, केन्द्रीय परिषद् सदस्य, प्रदेश समिति, जिल्ला समिति तथा सम्पर्ण भ्रातृ संगठनहरूलाई संयुक्त हस्ताक्षरद्वारा निर्णयका रूपमा परिपत्र गरिएको पनि विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: ६ असार २०७८ ०१:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App