१० मंसिर २०८१ सोमबार
image/svg+xml

सुन जस्तो देखिने अर्धठोस वस्तुसहित भारतीय नागरिक पक्राउ

प्रहरीले काठमाडौं स्थित मेडिकल कलेजमा निजको एक्सरे गराएर हेर्दा पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएपछि प्रहरीले पुनः प्रहरी वृत्त गौशालामा लगि शौच गराउने क्रममा मलद्वारबाट बेलनाकार सुनजस्तो देखिने अर्धठोस वस्तुको ४ वटा पोका फेला परेको हो।

पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

साइकल चोरेको आरोपमा स्थानीयले खानतलासी गर्दा दुवै जनाको साथबाट दुई नाल कटुवा पेस्तोल भेटिएको प्रत्यक्ष दर्शीले बताएका छन्। दिन दहाडै पेस्तोलसहित भारतीय नागरिक आएपछि स्थानीय त्रसित बनेका छन्।

भारतीय नागरिकलाई नक्कली बावु बनेर नागरिकता दिलाउन खोजेको आरोपमा ३ जना पक्राउ

भारतीय नागरिकलाई नक्कली बावु बनेर नागरिकता दिलाउन खोजेको आरोपमा कपिलवस्तुमा ३ जना पक्राउ परेका छन्।

कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको मृत्यु

पायोनियर एड्भान्ञ्चर प्रालिका कार्यकारी निर्देशक निमेष कार्कीले शवको उद्धारका लागि टोली परिचालित भइसकेको जानकारी दिए।

फुङ्लिङको एक होटलमा एक भारतीय नागरिक मृत फेला

ताप्लेजुङको फुङलिङस्थित पुरानो बैंक लाइन क्षेत्रमा सञ्चालित एक होटलमा काम गर्न बसेका एक भारतीय नागरिक मृत भेटिएका छन्।

कार दुर्घटनामा परी चार भारतीय नागरिकको मृत्यु

चन्द्रनगिाहपुरबाट गौर तर्फ राति १०ः१५ बजेको समयमा तीव्र गतिमा आउँदै गरेको कार झुन्खुवाचौकदेखि उत्तरपट्टी रहेको पेट्रोलपम्प नजिक अनियन्त्रित भएर दुर्घटना भएको कार सडक पेटीभन्दा करिब २० मिटर तल गहिरो पानीमा डुबेको थियो।

सुनका गहना ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ

गत शुक्रबार दिउँसो त्रियुगा नगरपालिका ४ बगाहास्थित ताराबहादुर राईको घरमा पुगेका उनीहरुले उनकै छोरीको सुनको सिक्री सफा गर्ने नाममा ठगेको आरोपमा सोही दिन साँझ दुवैजना पक्राउ परेका हुन्।

महाकाली नदी किनारमा भारतीय नागरिक मृत फेला

भारतीय सुरक्षाकर्मीसँग समन्वय गरी मृतकका आफन्तलाई खबर गरिसकेकाले आफन्त आएपछि मृतकको शव भारतमै पठाइने प्रहरीले जनाएको छ।

यसरी हुन्छ 'नागरिकतामा झेल'

गृह मन्त्रालय मातहतबाट जारी हुने नागरिकको राष्ट्रिय पहिचान खुल्ने प्रमाण नागरिकताको हिसाबले मोरङको रंगेली भन्ने ठाउँको निवासी देखिने एकजना वीरगन्जका व्यवसायी पवन भँगेरिया अहिले एकाएक चर्चामा आएका छन्। उनी मोरङ रंगेलीको ठेगाना देखाएर वंशज नागरिकता लिएका छन् भने उनका आफ्नै दाजु कैलासप्रसाद भँगेरिया भारतीय नागरिक हुन्।

अवैध रुपैयाँ र सुनसहित एक भारतीय नागरिक पक्राउ

सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट एक भारतीय नागरिकलाई अवैध रुपैयाँ र सुनसहित बिहीबार साँझ पक्राउ गरेको छ।

प्रहरीलाई घुस खुवाएर भित्रिन्छन् भारतीय

सेती प्रादेशिक अस्पतालका कोरोना उपचार विभाग प्रमुख तथा वरिष्ठ फिजिसियन शेरबहादुर कमरले भारतीय नागरिक प्रवेश गरेर समुदायमा काम गरिरहेकाले कोरोना संक्रमणको अवस्था गम्भीर बनेको बताए ।

नौतनवाबाट आएका तीन जना भारतीयमा कोरोना संक्रमण

मजदुरीकालागि भारतबाट आएका तीन जना भारतीय नागरिकमा कोरोना सक्रमण देखिएको छ । बुटवलको व्यस्त बजार अमरपथ स्थित गण्डकी सिरक डसना स्टोरमा कार्यरत तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरू साउन ७ गते भारतको नौतनवाबाट आएका हुन ।

हत्या आरोपमा भारतीय नागरिक पक्राउ

जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाकी ११ वर्षीया कञ्चन पंजियारलाई बलात्कार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पश्चिमी सीमा नाका हुँदै एक हजार भारतीय नागरिक घरतर्फ लागे

वैधानिकरूपमा सीमा नाका गड्डाचौकी खुला गरिएपछि छ दिनको अवधिमा ती भारतीय नागरिक सो नाका भएर घर गएका हुन ।

नाै‌ लाख नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

सप्तरी प्रहरीले शनिबार ९ लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिकलाई सप्तरी प्रहरीले कोसीको पलारबाट पक्राउ गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिका-१४ स्थित सप्तकोसी नदीकोबीच भागमा रहेको पलारबाट भारतीय नागरिक फूलकुमार मेहतालाई पक्राउ गरिएको सप्तरी प्रहरी प्रवक्ता डीएसपी तिलक भारतीले जानकारी दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्