१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुन जस्तो देखिने अर्धठोस वस्तुसहित भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १ किलोग्राम सुनजस्तो देखिने अर्धठोस वस्तुसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।  

पक्राउ पर्नेमा भारतीय राहादानी नम्बर भी ११२२८९० वाहक ३१ वर्षीय राहुल रेमानान रहेका छन। फ़्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका राहुलको गतिविधि शंकास्पद देखिएपछि शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले काठमाडौं स्थित मेडिकल कलेजमा निजको एक्सरे गराएर हेर्दा पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएपछि प्रहरीले पुनः प्रहरी वृत्त गौशालामा लगि शौच गराउने क्रममा मलद्वारबाट बेलनाकार सुनजस्तो देखिने अर्धठोस वस्तुको ४ वटा पोका फेला परेको हो।

यस सम्बन्धम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ भाद्र २०७९ ०९:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App