८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

सुनका गहना ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ

सुन ठगी गरेको आरोपमा पक्राउ भारतीय नागरिकहरु। तस्बिरः महेश्वर

सर्वसाधारणलाई ललाईफकाई गरी बिभिन्न प्रलोभनमा पारी सुनचाँदीका गहना ठग्दै हिँड्ने दुईजना भारतीय नागरिक पक्राउ परेका छन्।

गत शुक्रबार दिउँसो त्रियुगा नगरपालिका ४ बगाहास्थित ताराबहादुर राईको घरमा पुगेका उनीहरुले उनकै छोरीको सुनको सिक्री सफा गर्ने नाममा ठगेको आरोपमा सोही दिन साँझ दुवैजना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार यसरी पक्राउ पर्नेमा भारतको विहार सहरका ४५ वर्षीय अरुण साह र विहार सुपौलका ३० वर्षीय हरिराम साह छन्। आफूहरु पिताम्बर व्यापारी भएको बताउने उनीहरुले ताराबहादुरकी छोरी कमलाले गलामा लगाईरहेको १ तोलाको सुनको सिक्री ललाई फकाई बिभिन्न प्रलोभनमा पारेर फुकाल्न लगाई सफा गरिदिने भन्दै अज्ञात रसाईनले धोएर फिर्ता दिएका थिए।

तत्काल सुन हेर्न नहुने भन्दै सुकेपछि मात्र हेर्नू भनेर उनीहरु हिँडेको केहीबेरपछि सुकेको सुन खोलेर हेर्दा तौल घटेको अनुमान लगाएर राईले तौलँदा आधा तोला सुन घटेको पाएपछि प्रहरी गुहारेकी थिईन्। युवती ठगिएको खवर पाएलगत्तै खटेको जिल्ला प्रहरी कार्यालयको टोलीले हुलियाका आधारमा खोजी गर्दै जाँदा केही टाढा अन्य सर्वसाधारणलाई फकाउँदै गरेका बेला उनीहरु पक्राउ परेका हुन्।

पक्राउ परेका उनीहरुबाट प्रहरीले खानतलासी लिँदा पिताम्बर, सुन सफा गर्ने सामग्री, मट्टितेल, एसिड र सुनका टुक्राहरु फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरले उनीहरुलाई आईतबार दिउँसो कार्यालय परिसरमै पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार उनीहरुले बिभिन्न सर्वसाधारणलाई ठगेको अनुमान लगाइएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी सुभासचन्द्र बोहराका अनुसार पक्राउपछि अनुसन्धान गर्ने क्रममा उनीहरु भारतको दक्षिणी नाकाबाट नेपाल प्रवेश गरी उदयपुरमा आएर बिभिन्न ठाउँका सर्वसाधारणलाई ललाईपकाई प्रलोभनमा पारेर सुनचाँदी ठग्दै हिँडेको खुलेको छ। सुन सफा गर्ने भन्दै उनीहरुले सर्वसाधारणलाई सहजै ठग्ने गरेको हुनसक्ने अनुमान गर्दै अनुसन्धानलाई गहिरो बनाउन लागेको एसपी बोहराले बताए।

ठगी मुद्दा चलाइएको उनीहरुलाई जिल्ला अदालतबाट १० दिनको म्याद थपेर थप अनुसन्धान अघि बढाइएको बोहराले बताएका छन्।

प्रकाशित: १४ कार्तिक २०७८ १४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App