२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बुटवल उपमहानगरमा फराकिलो मतान्तरसहित कांग्रेसका पाण्डेको अग्रता

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले फराकिलो मतान्तरले अग्रता लिएको छ। बुटवलको मेयरका उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डेले १५ हजार ५८९ मतसहित अग्रता कायम राखेका छन्।

नेपालगन्जमा कांग्रेसका विष्ट ७१८२ र जसपाका राई ४१३८ मतले अगाडि

नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले दोब्बर बढी मतले अग्रता लिइरहेका छन्।

धरान ९ मा कांग्रेसको प्यानल निवार्चित

धरानको वडा नं ९ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ। सोमबार राती सम्पन्न गतगणनाको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसबाट वडाध्यक्षमा रुपेश आचार्य ८९७ मत ल्याएर निवार्चित भएका हुन्।

धरानको दुई वटा वडामा एमाले र कांग्रेसको प्यानल विजयी

धरान उपमहानगरपालिकाको थप २ वटा वडाको मतगणना सकिएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नं १० को मतगणना सकिँदा नेकपा एमालेको प्यानल विजयी भएको छ भने वडा नं १८ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ।

जनकपुरमा एमाले भन्दा स्वतन्त्र उम्मेदवार दोब्बर मतले अगाडि

पच्चीस वटा वडा रहेको जनकपुरधाम उपमहानगरपालिकामा १ देखि ६ नम्बर वाडासम्मको मतगनणा सम्पन भएर नतिजा सर्वजानिक भैइसकेको छ। चार वटा वडा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

इटहरी वडा नं. १८ को मतगणना स्थगित

चार वटा मतपत्र हराएको विषयलाई लिएर इटहरी उपमहानगरपालिका वडा नं. १८ को मतदान स्थगित भएको छ। वडा नंं. १८ मा दुई हजार ६५५ मत खसेको थियो।

तुलसीपुर उपमहानगरपालिकाः आजदेखि मतगणना सुरू

दाङको तुलसीपुर उपमहानगरपालिकामा आज देखि मतगणना हुने भएको छ। यो उपमहानगरको वडा नम्बर १७ का उम्मेदवार लबरु चौधरीको निधन भएपछि यो वडामा मतदान रोकिएको थियो।

इटहरी उपहानगरपालिकाः गठबन्धनकाे अग्रता

इटहरी उपमहानगरपालिकामा मेयरमा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्। उपमेयरमा एमालेकी उम्मेदवारले अग्रता लिएकी छन्।

जनकपुरमा दल भन्दा स्वतन्त्र भारी

जनकपुरधाम उपमहानगरपालिकामा दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार अगाडि भएका छन्।

इटहरीः मेयरमा गठबन्धन, उपमेयरमा एमालेको अग्रता

इटहरी उपमहानगरपालिकामा मेयरमा गठबन्धनका उम्मेदवार र उपमेयरमा एमालेका उम्मेदवारको अग्रता रहेको छ।

जनकपुरमा दल भन्दा स्वतन्त्र उम्मेदवारकाे अग्रता

जनकपुरधाम उपमहानगरपालिकामा दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवारकाे अग्रता रहेको छ।

धनगढी वडा नं १ अध्यक्षमा काग्रेसका मुढभरी विजयी

धनगढी उपमहानगरपालिकाको वडा नं १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका सन्तोष मुढभरी विजयी भएका छन्। मुढभरी १ हजार १ सय ८३ मत प्राप्त गरी विजयी भएका हुन्।

बाँकेका १४ वटा वडाको मत परिणाम सार्वजनिक

बाँकेमा १४ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ। बाँकेमा रहेका कुल ८१ वटा वडामध्ये अहिलेसम्म १४ वटाको परिणाम सार्वजनिक भएको हो।

जनकपुरधाम उपमहानगरपालिका ३ मा तमलोपाका उम्मेदवार विजयी

जनकपुरधाम उपमहानगरपालिका ३ मा तमलोपाका उम्मेदवार दिपेन्द्र साह विजयी भएका छन्। साहले २७६ मत ल्याएर विजयी भएका हुन्।

धरान उपमहानगरपालिका: दुई कांग्रेस, एक वडामा एमाले विजयी

धरान उपमहानगरपालिकाको २० वटा वडामध्ये हालसम्म ३ वटा वडाको मात्र मतगणना कार्य सकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्