१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

बाँकेका १४ वटा वडाको मत परिणाम सार्वजनिक

बाँकेमा १४ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ। बाँकेमा रहेका कुल ८१ वटा वडामध्ये अहिलेसम्म १४ वटाको परिणाम सार्वजनिक भएको हो। पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले ५, नेपाली कांग्रेसले ४, जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले २/२ तथा राप्रपाले १ वटा वडा जितेको छ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका प्रमोद रिजाल निर्वाचित भएका छन्। नेपालगन्ज वडा नम्बर २ मा राप्रपाका मनोज श्रेष्ठ, नेपालगन्ज २२ मा जनता समाजवादी पार्टी (जसपा)का अब्दुल गफ्फार हलवाई, नेपालगन्ज २३ मा नेपाली कांग्रेसका जबर अलि बेहना निर्वाचित भएका छन्।

यस्तै जानकी गाउँपालिका वडा नम्बर १ मा जसपाका मोहम्मद रजा राई, राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ मा एमालेका यमबहादुर खड्का, राप्ती सोनारी २ मा एमालेका ज्ञानेन्द्रराज ओली, राप्ती सोनारी ३ मा एमालेका मीनकुमार थारु निर्वाचित भएका छन्।

यसैगरी कोहलपुर नगरपालिका वडा नम्बर १ मा नेकपा (माओवादी केन्द्र) का बद्रीप्रसाद जैसी, कोहलपुर १५ मा नेपाली कांग्रेसका दिपेन्द्रकुमार थारु वडाअध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै खुजुरा गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका मनबीर खत्री, खजुरा २ मा नेकपा (माओवादी केन्द्र)का धनीराम ओली, डुडुवा गाउँपालिका वडा नम्बर १ मा कांग्रेसका पटेश्वरी कुर्मी र बैजनाथ गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका रुपबहादुर मल्ल निर्वाचित भएका छन्।

प्रकाशित: १ जेष्ठ २०७९ १२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App