७ वैशाख २०८१ शुक्रबार
निर्वाचन विशेष

इटहरी वडा नं. १८ को मतगणना स्थगित

चार वटा मतपत्र हराएको विषयलाई लिएर इटहरी उपमहानगरपालिका वडा नं. १८ को मतदान स्थगित भएको छ। वडा नंं. १८ मा दुई हजार ६५५ मत खसेको थियो।

जसमध्ये मतपेटिकाको एक हजार ३१२ मत गणना सकिएपछि चारवटा मतपटेकाको गणना गर्न बाँकी रहेकोमा खोलेर सटिङ् गर्दा चारवटा मतपेटिका नभेटिएको निहुँमा गणना स्थगित भएको हो।

चारवटा मतपेटिका सटिङ् गर्दा एक हजार ३४३ हुनुपर्नेमा एक हजार ३३९ मात्र मत भेटिएकाले गर्दा गणना स्थगित भएको हो। गठबन्धनका तर्फबाट वडा नं. १८ मा माओवादी केन्द्रका राजदेव चौधरी र एमालेबाट रामकुमार चौधरी वडाध्यक्षका उम्मेदवार छन्।

अहिलेसम्म एक हजार ३१२ मत गणना सकिँदा माओवादी केन्द्रका राजदेवको ३५३ मत छ भने एमालेका रामकुमारको ५८७ मत रहेको छ। स्थगित भएको मतगणना गर्न छलफल गर्ने प्रयास भइरहेको छ। वडा नं. १८ को स्थगित भएपछि अरु वडा २, ३, ४, ५, १७ र १९ को मतगणना चलि रहेको छ।

प्रकाशित: ३ जेष्ठ २०७९ १०:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App