१७ असार २०८१ सोमबार
image/svg+xml
निर्वाचन विशेष

बुटवल उपमहानगरमा फराकिलो मतान्तरसहित कांग्रेसका पाण्डेको अग्रता

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले फराकिलो मतान्तरले अग्रता लिएको छ। बुटवलको मेयरका उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डेले १५ हजार ५८९ मतसहित अग्रता कायम राखेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बाबुराम भट्टराइले १० हजार ५७६ मत पाएका छन्। पाण्डेले ५ हजार १३ मतले भट्टराइलाई पछाडी पारेका छन्। तेश्रो स्थानमा रहेका मेयर पदका उम्मेदवार राप्रपाका मृगेन्द्र शेरचनले २ हजार ६४० मत ल्याएका छन्।

त्यस्तै उपप्रमुखमा नेकपा एमालेका सावित्रा अर्याल अगाडी छन्। अर्यालले ११ हजार ७२५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले ८ हजार ६४१ मत पाएका छन्। उपप्रमुखमा अर्यालले ३ हजार ८४ मतान्तरले अग्रता लिएकी छन्।

बुटवल उपमहानगरमा हालसम्म २७ हजार ५५७ मत गणना भएको छ। नेपाली कांग्रेसले हालसम्म ७ वटा, एमालेले २ वटा, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले १÷१ वडा र एउटा वडामा स्वतन्त्र उम्मेदवारले जितेका छन्।

नेपाली कांग्रेसले ४, ५, ६, ७, १५, १६ र १७ नम्बर वडा जितेको छ। वडा नं. १ मा स्वतन्त्र उम्मेदवारले जितेका छन्। वडा नं. १९ र १८ एमालेले जितेको छ। वडा नं. २ मा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीले र वडा नं. ३ मा गठबन्धनकै तर्फबाट माओवादी केन्द्रले जितेको छ।

वडा नं. १ को वडाध्यक्षमा नरेन्द्र बस्नेत,२ मा सुनिल शाक्य,३ मा विष्णु ढकाल,४ मा नरिश्वर शर्मा, ५ मा हरि श्रेष्ठ, ६ मा लोकनाथ न्यौपाने, ७ मा पदम गाहा, १५ मा शिव राना, १६ मा कृष्णप्रसाद पौडेल, १७ मा ज्ञानबहादुर रेश्मी, १८ मा गुरु पंगेनी र  १९ मा चन्द्रसिंह थापा विजयी भएका छन्।

प्रकाशित: ४ जेष्ठ २०७९ १०:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App