१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

गएको एक वर्षमा ३ हजार १ सय ९४ किलो सुन तस्करी

सुन तस्करीमा संलग्न समूहबाट गएको एक वर्षमा ३ हजार १ सय ९४ किलो सुन तस्करी भएको प्रहरीले दाबी गरेको छ।

ब्रेकसूमा लुकाएर मात्र ३ सय ६२ किलो ७७८ ग्राम सुन तस्करी गरिएको प्रहरीको दाबी छ।

विभिन्न इलेक्ट्रोनिक सामानमा भने २ हजार ८ सय ३१ किलो ८ सय ९० ग्राम तस्करी भएको खुलेको सीआईबीको निष्कर्ष निकाल्दै दोस्रो चरणको अनुसन्धान टुङ्ग्याएर सरकारी वकिल कार्यालयमा प्रतिवेद बुझाएको छ।

यो सुन कुल ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँको हो। ठूलो परिमाणमा सुन तस्करी भए पनि त्यो सुन कहाँ छ भन्नेबारे भने अनुसन्धान नै भइरहेको प्रहरीको भनाइ छ। २ साउन २०८० मा ब्रेक सुमा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन विमानस्थलमा बरामद भएको थियो।

प्रकाशित: १७ असार २०८१ १४:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App