७ वैशाख २०८१ शुक्रबार
निर्वाचन विशेष

धरान उपमहानगरपालिका: दुई कांग्रेस, एक वडामा एमाले विजयी

१) यज्ञमणी आचार्य २) रमेश राई ३) विद्या शाक्य

धरान उपमहानगरपालिकाको २० वटा वडामध्ये हालसम्म ३ वटा वडाको मात्र मतगणना कार्य सकिएको छ। आइतबार वडा नं १, २ र ३ वडाको गणना कार्य सकिएको हो। तीन वटा वडाको गणना सम्पन्न हुँदा २ वटा वडामा गठबन्धनले प्यानलै जितेको छ भने एउटा वडामा अध्यक्ष र एक सदस्य एमालेले जितेको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ। वडा नं १ को अध्यक्षमा कांग्रेसका यज्ञमणी आचार्य ७५७ मत पाएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका रोशन अधिकारीले ७०३ मत पाएका छन् भने एमालेका उम्मेदवार सुमन श्रेष्ठल १७७ मत पाएका छन्।

यस्तै, कांग्रेसबाट महिला सदस्यमा ८८९ मत ल्याएर रहिसा कसजु विजयी भइन् भने दलित महिला सदस्यमा रिता सुन्दास ८६० मत ल्याएर विजयी भइन्। यस्तै, खुला सदस्यमा विनोद मानन्धर ७८१ र उज्वल बास्तोला ६९६ विजयी भएका छन्। वडा १ मा कुल मतसंख्या खसेको १९३२ खसेको थियो।

वडा नं २ मा अध्यक्षमा एमालेबाट अध्यक्षमा रमेश राई विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुधिरसिंह लिम्बुलाई १२१ मतान्तरले पराजित गरे। अध्यक्षमा विजयी राईले ७४८ मत पाउँदा प्रतिद्वन्द्वी लिम्बुले ६२७ मत मात्र पाए।

यसपाली वडा २ मा एमालेले अध्यक्ष र एक खुला सदस्य पनि जितेको छ। एमालेबाट सदस्यमा समिर राईले ६६० मत ल्याएर विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसका अजय राईले ६५५ मत पाएका छन्। कांग्रेसबाट दलित महिला सदस्यमा बुनु शंकर ६८० मत पाएर विजयी भएकी छिन्। महिला खुला सदस्यमा कांग्रेसबाट सन्ध्या श्रेष्ठ ६८४ र दिनेश अग्रवालले ६९१ मत ल्याएर विजयी भएका छन्।

यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा भने वडा २ मा कांग्रेसले प्यानलै जितेको थियो। यसैगरी, वडा नं ३ मा गठबन्धनबाट कांग्रेसका अध्यक्ष विद्या शाक्यले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुयोग पाख्रिनलाई ४१७ मतान्तरले पराजित गरे। विजयी शाक्यले १०४२ मत पाए भने पराजित पाख्रिनले ६२५ मत पाए।

यस्तै, महिला सदस्यमा गठबन्धनका उषा सुब्बाले १०४२ मत पाएर विजयी भइन् भने दलित महिला सदस्यमा शोभा विश्वकर्माले १०८३ मत पाइन्। खुला सदस्य मनिष खड्गीले ११०६ मतले जिते भने मिङ्मा भोटेले ९९९ मत ल्याएर विजयी भए। यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा वडा ३ मा एमालेको प्यानलै विजयी भएको थियो

प्रकाशित: १ जेष्ठ २०७९ ११:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App