६ आश्विन २०८१ आइतबार
image/svg+xml

राष्ट्रियसभा निर्वाचनको मतदान जारी

राष्ट्रियसभा सदस्य निर्वाचन २०७६ अन्तर्गत गण्डकी प्रदेशमा मतदान जारी रहेको छ। आज बिहान १० बजेदेखि साँझ ४ बजेसम्म जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा मतदाता मतदान गरिरहनुभएको छ। मतदानका लागि गण्डकी प्रदेशअन्तर्गतका ११ वटै जिल्लाबाट अधिकांश मतदाता बुधबार नै आइसकेका थिए।

घट्यो भक्तपुरमा मतदान प्रतिशत

भक्तपुर क्षेत्र नं १ प्रदेश क (पूरै चाँंगुनरायण नगरपालिका र भक्तपुर नगरपालिका वडा नं १० कमलविनायक क्षेत्र) मा शनिबार सम्पन्न निर्वाचनमा गएको चुनावमा भन्दा कम प्रतिशत मात्रै मतदान भएको छ ।

उपनिर्वाचनमा उत्साहपूर्ण सहभागिता : पुरुष भन्दा महिला बढी

सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ को वडाअध्यक्ष पदका लागि शनिबार उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मतदानमा मतदाताको उत्साहजनक सहभागीता रह्यो ।

कपिलवस्तु १० मा ८३.१० प्रतिशत मतदान

कपिलवस्तु शिवराज नगरपालिका वडा नं १० को मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ ।

इन्द्रावती–८ मा ८४ प्रतिशत मतदान

इन्द्रावती गाउँपालिका–८ मा वडाध्यक्षको लागि भएको उपनिर्वाचनमा उत्साहजनक मतदान भएको छ। वडाध्यक्ष धनबहादुर श्रेष्ठको निधनपछि रिक्त स्थान पूर्तिको लागि भएका चुनावमा झण्डै ८४ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

थबाङमा १६ प्रतिशत मतदान

शनिबार रोल्पाको थबाङमा भएको निर्वाचनमा १६ प्रतिशत मात्र मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश रमेश ज्ञवालीका अनुसार एक हजार दुई सय ७४ मतदाता रहेकोमा दुई सय ९ मत खसेको हो । ११२ महिला र ९७ पुरुषले मतदान गरेका हुन्।

बाजुरामा ७ सय २७ मत खस्यो, ७० प्रतिशत मतदान

त्रिवेणी नगरपालिका १ मा भएको उपनिर्वाचनमा ७२७ मत खसेको छ । कुल १०३९ जना मतदाता रहेको वडामा मतदान अवधीभर ७२७ मत खसेको मुख्य निर्वाचन अधिकारीको कार्यालयले बताएको छ।

धुलिखेल २ मा उत्साहजनक मतदान

काभ्रे धुलिखेल २ मा मतदान जारी रहेको छ। काभ्रेमा रहेको जम्मा मतदाता १८७७ मध्ये ४ बजेसम्म १४७४ मत खसेको छ। जसमध्ये महिला ७४९ र पुरुष ७२५ को मत खसेको हो।

महिला कर्मचारी मात्र खटाइएकाे एक नमूना मतदान केन्द्र

जिल्ला निर्वाचन कार्यालय दाङले जिल्लाको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाएको छ। स्थानीय निर्वाचनअन्तर्गत घोराहीको बाहुनडाँडा केन्द्रमा महिला कर्मचारीमात्र खटाइएको हो।

यसरी हुँदैछ, उपनिर्वाचन (फोटोफिचर)

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि आज जारी उपनिर्वाचनमा विभिन्न जिल्लाको मतदानस्थलमा मतदाताले उत्साहजनकरुपमा मतदान गरिरहेका छन्। कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान जारी रहेको हो।

डोटीका दुई ठाउँमा बम फेला

डोटीमा दुई ठाउँमा बम फेला परेका छन्। ईलाका प्रहरी कार्यालय मौवानगरदहका अनुसार आदर्श गाउँपिलिका २कुचेडा गाउँमा बम फेला परेका हुन्। शुक्रबार राति करिब साढे दुईबजेतिर पहिलो बम फेला परेको थियो। जसलाई राति नै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले डिस्पोजल गरेको छ।

निर्वाचनका लागि वडाको नाका ‘शिल’

मतदानको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर खोटाङको साकेला गाउँपालिका–३ खिदिमाको नाका ‘शिल’ गरिएको छ। वडाध्यक्षको पदपुर्तीका लागि भइरहेको निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर अघिल्लो दिनदेखि नै खिदिमाको चारैतर्फका गौंडा तथा नाकामा संयुक्त सुरक्षाकर्मी परिचालन गरिएको छ।

विभिन्न क्षेत्रमा मतदान सुरु, डाेटी र कास्कीमा बम बिस्फाेट(अपडेट)

उपनिर्वाचनमा ३७ जिल्लाका चार लाख ५४ हजार एक सय १४ मतदाता छन्। मतदान बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकिएको छ।

दाङमा पनि सुरक्षा कडा

दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा प्रदेशसभा सदस्य र घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा वडाध्यक्ष चयनका लागि शनिबार हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ।

उपनिर्वाचनमा निर्धक्क भएर भाग लिनुस् : निर्वाचन आयोग

निर्वाचन आयोगले मंसिर १४ गते शनिबार हुने उपनिर्वाचनमा निर्धक्क भएर भाग लिन आग्रह गरेको छ। आयोगले शुक्रबार भिडियो अपिल गर्दै प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका सदस्यको विभिन्न पदको उपनिर्वाचनका लागि सबै तयारी पुरा भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्