६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

उपनिर्वाचनमा उत्साहपूर्ण सहभागिता : पुरुष भन्दा महिला बढी

सिरहाको कल्याणपुर नगरपालिका १२ को वडा अध्यक्ष पदका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा मतदान गर्ने गृहिणी महिलाहरु। तस्बिरःमिथिलेश/नागरिक

सिरहा- सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ को वडाअध्यक्ष पदका लागि शनिबार उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मतदानमा मतदाताको उत्साहजनक सहभागीता रह्यो ।

कूल ३ हजार ४ सय ५० मतदाता रहेको कल्याणपुर १२ मा ७२ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिए । मतदानमा पुरुष भन्दा महिलाको सहभागिता उल्लेख्य थियो । कूल २
हजार ४ सय ८० मतदाताले मतदान गरे । जसमध्ये १ हजार ४ सय ४७ महिला र १ हजार ३३ पुरुषले मतदान गरेको अधिकारीले बताए ।

बिहान ८८ वर्षीय जेष्ठ नागरिक सत्यनारायण ठाकुरले मत पेटिकामा मत खसाल्न लगाएर प्रावि तिलासी मतदान केन्द्रमा मतदान सुरु भएको साहायक मतदान अधिकृत राजकुमार दासले बताए । यस वडामा चार वटा मतदान केन्द्र थियो ।

बिहानैदेखि मौसम बदली भई चिसो बढेपनि मतदाताहरु चाँडै घरबाट निस्केर मतदान गर्न मतदान केन्द्रमा लामबद्ध भएका थिए । शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको साहायक मतदान अधिकृत दासले नागरिकसँग भने,‘उम्मेदबारहरुबीच सहमती कायम भए राती ८ बजेबाट मतगणना सुुरु हुन्छ ।’

उप निर्वाचनको मौन अवधिमा शुक्रबार राती मतदातालाई रकम बाँडेर प्रभावित गर्न खोजेको भन्दै स्थानीयले एकजनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो । प्रहरीले पैसा बाँडेको नबाँडेको यकीन नभएको जनाएको हो । पद्मपुरमा

विवाद भैरहेको ठाउँबाट एकजनालाई नियन्त्रणमा लिइएको एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । उनले भने,‘अनुसन्धानपछि विस्तृत जानकारी कुरा खुल्छ ।’

 

प्रकाशित: १४ मंसिर २०७६ १२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App