६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

निर्वाचनका लागि वडाको नाका ‘शिल’

खोटाङ – मतदानको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर खोटाङको साकेला गाउँपालिका–३ खिदिमाको नाका ‘शिल’ गरिएको छ। वडाध्यक्षको पदपुर्तीका लागि भइरहेको निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर अघिल्लो दिनदेखि नै खिदिमाको चारैतर्फका गौंडा तथा नाकामा संयुक्त सुरक्षाकर्मी परिचालन गरिएको छ। खिदिमाको छिमेकी वडा तथा छिमेकी गाउँपालिकाबाट भित्रिने स्थानीयको आवत–जावतमा कडाई सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए।

खिदिमामा हुने निर्वाचनको सुरक्षाका लागि भोजपुर र खोटाङको पानधारे, तावाभञ्ज्याङ, लिकुवापोखरी, मानेभञ्ज्याङ लगायतका नाकामा सुरक्षाकर्मी परिचालन गरिएको छ। यस्तै, मतदानस्थलको सुरक्षार्थ पनि छुट्टै सुरक्षाकर्मी परिचालन भएका छन्। उपनिर्वाचनका लागि खिदिमामा सिद्धेश्वरी माविमा ‘क’ र ‘ख’ मतदान केन्द्र तोकिएका छन्। खिदिमामा सोही वडा घर भएका बाहेकका नेता समेत प्रवेश नगर्ने दलीय समझदारी छ।

निर्वाचन बिहान ७ बजेदेखि ५ बजेसम्म सञ्चान हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रमुख एबं जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्यले बताए। तत्कालिन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित मणिकुमार राईको निमोनियका कारण गत बैसाख ९ गते मृत्यु भएपछि उपनिर्वाचनमार्फत अर्को वडाध्यक्ष चयन गर्न लागिएको हो।

प्रकाशित: १४ मंसिर २०७६ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App