५ आश्विन २०८१ शनिबार
image/svg+xml

बाँकेको फत्तेपुरमा पाटेबाघले घेरा हालेपछि रुखमा चढेर जोगाए ज्यान

राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समिति अन्तर्गत रहेको चोरी सिकारी नियन्त्रण संयोजक सिताराम थारुले दिएको जानकारी अनुसार बाघले लखेटेर घेरा हालेपछि अशोक र राजारामले रुखमा चढेर ज्यान जोगाएका हुन्।

बाघ संरक्षणको मुख्य चुनौती चोरी र शिकार: मन्त्री यादव

सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ वयस्क बाघ फेला परेका थिए। त्यतिबेला चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए। यो सङ्ख्या बढेको अनुमान गरिएको छ।

आजदेखि बाघ गणना सुरु

चितवन र पर्सा राष्ट्रिय निकुञ्ज आजदेखि राष्ट्रिय बाघ सर्वेक्षण (गणना) सुरुआत हुँदैछ। चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जसहित र आसपासका वन क्षेत्रमा बाघ पाइन्छ।

मंसिर १९ गतेदेखि बाघ गणना

नेपालका राष्ट्रिय निकुञ्जमा यही मङ्सिर १९ गतेदेखि बाघ गणना गरिने भएको छ। गणनाको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जबाट गरिँदै छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको नेतृत्व गर्दछ।

बर्दियामा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

आक्रमण गरेको जानकारी पाउना साथ नेपाली सेना र निकुञ्जको संयुक्त टोली घटनास्थलमा पुगेको थियो।

निकुञ्जले अह्राएको काम गर्दा मजदुरलाई उल्टै जरिवाना

दैनिक पाँच सय रुपैयाँ ज्याला पाउने सर्तमा काम गर्न गएका जगतराम थारु गरी ११ जनालाई जनही रु. २ हजार पाँच सय जरीवाना तिर्नुपर्ने आदेश सुनाइयो।

बाँकेमा फेरि बाघले मान्छे खायो

उनी गाई चराउनभन्दै २५ गते घरबाट निस्केका थिए। गाई चराउन जंगल गएका उनलाई खोजतलास गर्दा शनिबार राति बाघले खाएको अवस्थामा शव भेटिएको स्थानीयको भनाइ छ।

मङ्सिर र पुसमा बाघ गणनाको तयारी

राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ। नेपालमा हरेक चार/पाँच वर्षका अन्तरमा गणना गरिन्छ।

राजमार्गमा बाघको ‘राज’

पछिल्लो समय पूर्व पश्चिम महेन्द्र राजमार्ग क्षेत्र बाघका कारण असुरक्षित बन्दै गईरहेको छ। यो राजमार्गमा दिनहुँ जसो बाघ देखिने गरेको छ। यसर्थ बाघले ‘राज’ जमाएको बाँकेको पूर्व पश्चिम महेन्द्र राजमार्ग मानवीय असुरक्षाको मार्ग बन्दै गएको छ।

जंगलमा बाघ देखिएपछि त्रासमा स्थानीय

केही समयको अन्तरालमा बाघले मानिस र पशुलाई आक्रमण गरेको घटना सार्वजनिक हुन थालेपछि रौतहटको जंगल आसपासका बासीन्दामा त्रास देखिएको छ।

रौतहटमा बाघको आक्रमणबाट एक घाइते

बाघको आक्रमणबाट रौतहटमा एक जना घाइते भएका छन्। वस्तुभाउको लागि घाँस लिन जंगल गएको बेला बिहीवार रौतहटको चन्द्रपुर ६ का यज्ञबहादुर रायमाझीमाथि बाघले आक्रमण गरी घाइते बनाएको हो।

पाटेबाघले घेरा हालेपछि ज्यान बचाउन रुखमा

जंगलमा गाइबस्तु चराउन पुगेका स्थानीयलाई पाटे बाघले घेरा हालेको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका– १ गाभरमा पाटेबाघले मान्छेलाई घेरेको छ । वन, जंगलमा पशु चौपाया चराउन गएका स्थानीयलाई बाघले घेरेका हुन् ।

बाघ हिँड्ने बाटोमा नगरको फोहोर!

वसन्ता जैविक मार्गको सहायक मार्गका रुपमा रहेको बढैपुर–राजीपुर क्षेत्रको वनमा गौरीगंगा नगरपालिकाले डम्पिङ साइट बनाउँदा त्यस क्षेत्रमा हिँड्डुल गर्ने बाघलगायत वन्यजन्तुको स्वास्थ्यमा प्रतिकूल असर परिरेको छ।

बाँकेको कुसुम क्षेत्रमा पाटेबाघको बथान फेला

बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ स्थित गाभर र सौरी गाउँको बीच जंगलमा पाटेबाघको बथान फेला परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्