मतदाता भन्छन्ः जनताका वास्तविक प्रतिनिधि चुनिनुपर्छ
स्थानीय तहमा अब कस्ता प्रतिनिधि ल्याउने भनेर मतदाताबीच बहस सुरु भएको छ। पाँचवर्षे कार्यकाल सकिन थालेका जनप्रतिनिधिको कार्यक्षमता मूल्यांकन गर्दै अब चुनिने प्रतिनिधिबारे नागरिकस्तरमा बहस सुरु भएको छ। राजनीतिक दल सम्भावित उम्मेद्वार छान्ने र चुनावी रणनीति बनाउनमा जुट्न थालेका छन्। सम्भावित उम्मेदवार पनि आफुलाई ‘योग्य व्यक्ति’को रुपमा चिनाउन थालेका छन्।