७ आश्विन २०८१ सोमबार
image/svg+xml

पटकासहित दुई जना पक्राउ

प्रहरीले दुहवी वडा नं.१ परासटोकी एरियामा चेकजाँचका क्रममा गढी गाउँपालिका वडा नं.३ का ५५ वर्षे ईन्द्र नारायण साहवाट किङ् कोब्रा लेखिएको १४ वन्डल पटका वरामद गरिएको जनाएको छ। साहले सेतो प्लाष्ट्रिकको वोरामा प्याकिङ् गरी काँधमा वोकि आईरहेको बेला पक्राउ गरेको हो।

जबरजस्ती करणी गरि फरार आरोपमा पाँच जना पक्राउ

साँझको समयमा ‘इभिनिङ् वर्क’ गरेर घर फर्कदै गरेकी सुनसरी इटहरीकी एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा १२ देखि १६ वर्ष उमेर समूह भित्रका रहेकाे प्रहरीले जनाएकाे छ।

हत्या आरोपमा दुई पक्राउ

बैतडीको दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आइतबार घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।

वृद्धामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

बिहीबार साँझ ६ बजेको समयमा जिल्लाको चौदण्डीगढी नगरपालिका ५ द्वारखोला जंगलमा ५९ वर्षीया वृद्धामाथि जबरजस्ती करणी गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय मुकेश विक पक्राउ परेका हुन्।

पशुपतिको बाबामाथि खुकुरी हान्ने व्यक्ति पक्राउ

काठमाडौंस्थित पशुपतिमा बाबामाथि खुकुरी प्रहार गरी फरार रहेको एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ।

मुस्कानलाई एसिड छ्याप्ने सम्साद मियाँ पुनः पक्राउ

२ वर्ष अगाडि वीरगन्जमा किशोरी मुस्कान खातुन उपर एसिड प्रहार गर्ने युवकलाई पर्सा प्रहरीले पुनःपक्राउ गरेको छ।

प्रतिबन्धित लागुऔषधसहित पाँच जना पक्राउ

मोरङको छुट्टा–छुट्टै दुई स्थानबाट लागुऔषध र प्रतिबन्धित औषधिसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। सुनवर्षी र विराटनगरबाट लागुऔषध र प्रतिबन्धित औषधिसहित पक्राउ परेका हुन्।

चरित्रहत्या गरेको आरोपमा चार युट्युबर पक्राउ

युट्युब च्यानल सञ्चालन गरी तस्बिरसहितको सामग्री (भिडियो अन्तरवार्तासमेत) प्रसारण गरी महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले चार युट्युबरलाई आज पक्राउ गरेको छ।

मिर्गौला पीडितको नाममा ठगी गर्ने पक्राउ

मिर्गौलापीडित सहयोग रसिदमार्फत अवैध रुपमा पैसा उठाउनेलाई प्रहरीले पक्राउ गरेको हो। पाल्पा सदरमुकाम तानसेनबाट नगदसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।

बिस्फोटक पदार्थसहित एक युवक पक्राउ

राजमार्गमा सवारीसाधन चेकजाँच गर्ने क्रममा एक युवककाे साथबाट रौतहट प्रहरीले लाखौँ मूल्य बराबरको विस्फोटक पदार्थ बरामद गरेको हो।

हत्या मुद्दामा सर्वोच्चबाट जन्मकैद सुनाइका फरार अभियुक्त पक्राउ

सप्तरीको विष्णुपुर-६ का मुनोजकुमार यादवलाई कारागार चलान गरिएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

हत्यामा संलग्न थप दुई जना पक्राउ

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार उर्लाबारी–७ का २७ वर्षीय अभिषेक लिम्बू र उर्लाबारी–८ का २८ वर्षीय विजय लिम्बूलाई पक्राउ गरिएको हो।

स्रोत नखुलेको ९५ लाख सहित दुई भारतीय पक्राउ

सवारीसाधन जाँच गर्ने क्रममा गएराति उक्त रकमसहित भारतको महाराष्ट्र घर भएका २६ वर्षीय सागर माली र सोही ठाउँका १९ वर्षीय कृष्ण अढाडेलाई पक्राउ गरेको हो।

नारायणहिटी भित्र पसेर श्रीपेच चोर्न खोज्ने युवक पक्राउ

उनले संग्रहालय अवलोकन गर्ने क्रममा श्रीपेच देखेपछि 'म अब श्रीपेच लगाएर राजा बन्छु' भन्दै श्रीपेच फुटाएको देखिएको प्रहरीले बताएको छ।

वन्यजन्तु ओसार-पोसार मुद्दाका फरार प्रतिवादी पक्राउ

जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ निवासी ४४ वर्षका मनिराम थारु र सोही ठाउँ निवासी ४३ वर्षीय धनिराम थारुलाई प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्