१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पटकासहित दुई जना पक्राउ

विस्फोटक पदार्थ पट्कासहित सुनसरीका अलग अलग स्थानबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले दुहवी वडा नं.१ परासटोकी एरियामा चेकजाँचका क्रममा गढी गाउँपालिका वडा  नं.३ का ५५ वर्षे ईन्द्र नारायण साहवाट किङ् कोब्रा लेखिएको १४ वन्डल पटका वरामद गरिएको जनाएको छ। साहले सेतो प्लाष्ट्रिकको वोरामा प्याकिङ् गरी काँधमा वोकि आईरहेको बेला पक्राउ गरेको हो।  

यसैगरी,  इटहरी वडा नं। ६ का २७ वर्षे राजु साहले भारतबाट अबैध रुपमा ल्याएको विष्फोटक पदार्थ पटका पनि बरामद गरेको प्रहरीले जनाएको छ। इटहरी वडा नं। ४ आर्मी क्याम्प नजिक सडक किनारामा को ३५ प ८७६८ नम्बरको मोटरसाईकलमा पट्का ल्याउँदै गर्दा साह पक्राउ परेका हुन्। 

उनले मोटरसाइकलको पछाडि दुईवटा सेतो प्लाष्ट्रिकको वोरा लोड गरेको र मोटरसाइकल नजिकै छेउमा पहेलो प्लाष्ट्रिकको वोरामा ४ वोरा र हरियो प्लाष्ट्रिकको २ वोरामा प्याक गरी राखेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनायो। पक्राउ परेका दुवै जनालाई सुनसरी जिल्ला अदालतवाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत विष्फोटक पदार्थ सम्वन्धी कसुरमा  १० दिनको म्याद लिई थप गरि अनुसन्धान थालिएको जनाइएको छ। 

प्रकाशित: १८ आश्विन २०७८ १२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App