८ वैशाख २०८१ शनिबार
समाज

जबरजस्ती करणी गरि फरार आरोपमा पाँच जना पक्राउ

साँझको समयमा ‘इभिनिङ् वर्क’ गरेर घर फर्कदै गरेकी सुनसरी इटहरीकी एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा १२ देखि १६ वर्ष उमेर समूह भित्रका रहेकाे प्रहरीले जनाएकाे छ। 

इटहरी वडा न. ८ भुर्की भन्ने स्थानमा इटहरी वडा नं.९ की ३० वर्षीया महिलालाई जबरजस्ती करणी  गर्नेमध्येका चार जना बालक र एक जना युवालाई प्रहरीले पक्राउ गरेको हो। एक जना अझैसम्म फरार रहेका छन्।

‘एकान्त स्थानमा त्यसमाथि पनि साँझको समयमा बाटैमा समूहमा बसेकाले जबरजस्ती करणी गरेको पाइयो,’ इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले भने, ‘तत्काल प्रहरीले चार जना बालकलाई पक्राउ गरियो भने अरु एक जना थप पक्राउ परेका छन्।’  

घटना अनुसार असोज १५ गते इभिनिङ् वर्कबाट फर्कदै घर फर्कदै गरेकी महिलालाई एकान्त स्थानमा ६ जनाले कुटपिट गरी नजिकै रहेको वाटो छेउको धान खेतमा लगेर जबरजस्ती करणी गरेका थिए। करणी गरेपछि ती महिलाले लगाएको सुनको सिक्री २ तोला चार आनाको) तथा साथमा रहेको नगद तीन हजार समेत लुटेर लगेका थिए।  

पीडित महिलाले तत्काल प्रहरीमा उजुरी दिएलगतै इटहरी वडा नं.८ कै चार जना बालकलाई सोही राति र गोमन भन्ने सुनिल चौधरीलाई आइतबार इटहरी वडा नं. १४ बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनायो। पक्राउ परेकालाई सुनसरी जिल्ला अदालतवाट मुलुकी अपराध संहिता २०७४  अन्तर्गत जबरजस्ती करणी सम्वन्धी कसुरमा दिन ५ म्याद थप गरेर  अनुसन्धान थालिएको छ।  

डर, त्रास, धाक–धम्की, अनुचित प्रभाव, शरीर बन्धक राखेर वा होस् नभएको अवस्थामा कोही महिलामाथि जबरजस्ती गरिन्छ भने त्यसलाई नै जबरजस्ती करणी मानिन्छ। जबरजस्ती करणी का घटना सुनसरीमा वर्षेनी उकालो लाग्दो छ। 

प्रकाशित: १८ आश्विन २०७८ १२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App