४ वैशाख २०८१ मंगलबार

फेसबुक आइडी ह्याक गरेर ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरूका नजिकका व्यक्तिसँग पैसा उठाएर ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ।

चोरीको ४२० बोरा मलसहित पाँच जना पक्राउ

कृषि सामग्री कम्पनी लिमिटेडको मल चोरीको आरोपमा रौतहट प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। गत साउन १४ गते अशोक विनायक ट्रान्सपोर्ट कम्पनीमार्फत कृषि सामग्री कम्पनी लिमिटेड वीरगंजबाट शाखा कार्यालय चन्द्रनिगाहपुर रौतहटमा ल्याउन लागिएको ४२० बोरा युरिया मलखाद लिएर ट्रक चालक सम्पर्कविहीन भएकामा प्रहरीले दसीसहित पाँच जनालाई पक्राउ गरेको छ।

उच्छृङ्खल गतिविधि गर्ने पाँच पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सर्वसाधारण नागरिकलाई डर, धम्की दिई उच्छृङ्खल गतिविधि गरेको आरोपमा जोरपाटीबाट पाँच जनालाई पक्राउ गरेको छ।

नक्कली नाेट बनाउने मेसिनसहित पाँच जना पक्राउ

प्रहरीले पक्राउ परेकासँग सक्कलीजस्तो देखिने नक्कली नोट ६५ हजार ३३५, नक्कली नोट बनाउन प्रयोग गरिने प्रिन्टर मेसिन, कागज, कागज टाँस्न प्रयोग गरिने फेविकल दुई थान, किप्याड मोबाइल एक थान, स्क्रिनटज मोबाइल एक थान, लालीगुँरास छाप भएको छाप एक थान, कागज काट्न प्रयोग गरिने कैँची एक थान बरामद गरेको छ।

जबरजस्ती करणी गरि फरार आरोपमा पाँच जना पक्राउ

साँझको समयमा ‘इभिनिङ् वर्क’ गरेर घर फर्कदै गरेकी सुनसरी इटहरीकी एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा १२ देखि १६ वर्ष उमेर समूह भित्रका रहेकाे प्रहरीले जनाएकाे छ।

प्रतिबन्धित लागुऔषधसहित पाँच जना पक्राउ

मोरङको छुट्टा–छुट्टै दुई स्थानबाट लागुऔषध र प्रतिबन्धित औषधिसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। सुनवर्षी र विराटनगरबाट लागुऔषध र प्रतिबन्धित औषधिसहित पक्राउ परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्