२० मंसिर २०७८ सोमबार
समाज

पशुपतिको बाबामाथि खुकुरी हान्ने व्यक्ति पक्राउ

काठमाडौंस्थित पशुपतिमा बाबामाथि खुकुरी प्रहार गरी फरार रहेको एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ। 

काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिको विश्वरुपा जाने बाटो छेउमा सन्तोष भन्ने बाबालाई खुकुरी प्रहार गरी फरार रहेका व्यक्तिलाई चितवनको जगतपुर घर भएका ३७ वर्षीय ताराबहादुर लामिछानेलाई पक्राउ गरिएको हो। 

उनलाई आज काठमाडौंको बूढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ गरिएको हो। उनका साथबाट घटनामा प्रयोग भएको खुकुरी र झोला बरामद भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए। रासस

प्रकाशित: १५ आश्विन २०७८ १६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App