coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हत्या मुद्दामा सर्वोच्चबाट जन्मकैद सुनाइका फरार अभियुक्त पक्राउ

हत्या मुद्दामा सर्वोच्च अदालतबाट जन्मकैद फैसला भए पनि फरार रहेका एक जना अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ।

सप्तरीको विष्णुपुर-६ का मुनोजकुमार यादवलाई कारागार चलान गरिएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। उनका अनुसार ५ वैशाख २०६५ मा राजविराज नगरपालिका ८ का रामएकल सिंहको हत्या भएको थियो। 

उक्त मुद्दामा सर्वोच्चले १७ मंसिर ०७४ मा यादवलाई दोषी ठहर गर्दै जन्मकैद फैसला गरेपनि उनी फरार थिए । फरार रहेका यादव राजविराजबाट पक्राउ परेका हुन्। 

प्रकाशित: १३ आश्विन २०७८ ०२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App